२०८३ कार्तिक १३ गते बिहिबार

काटेर थुपारेको गहुँमा वर्षा भएपछि कुहिने डर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २२
wheat harvest in land

लुम्बिनी – दुई दिनको बेमौसमी वर्षाले गहुँबालीमा अधिक क्षति पुर्‍याएको छ। बाली भित्र्याउने समयमा शुक्रबार चलेको हावाहुरी र शनिबारको वर्षा साथै असिनाले बालीमा क्षति पुर्‍याएको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का कृषक चिन्नु यादवले बताए।

उनले भने, “हावाहुरीले खेतमा काटेर राखेको गहुँबाली उडाएर यत्रतत्र छरिएका छन्। असिनापानीले काट्न बाँकी रहेका गहुँका दाना जमिनमा झरेका छन् भने पानीले भिजाएका बाली कुहिने र ढुसी लाग्ने सम्भावनाले चिन्तित बनाएको छ।”
कोटहीमाई–३ का सफिक अन्सारीले बुधबार र बिहीबार दुई दिन काटेर थ्रेसिङका लागि थुपार्नुभएको गहुँ वर्षाले भिजेको छ। “खेतबाट काटेर खलिहानमा ल्याई थुपारेको गहुँलाई पानीले भिजाएपछि कुहिने डर छ”, उनले भने, “दिनदिनै पानी परेकाले त्यसलाई सुकाउन पाएका छैनौँ।”

कोटहीमाई गाउँपालिका रुपन्देहीका कृषि शाखा प्रमुख जितेन्द्र आर्यले अहिले कोटहीमाईका किसानले पाँच प्रतिशत गहुँमात्र भित्र्याएका बताए। उनले भने, “हवारीहुरीले खेतमै ढलेको गहुँ ७५ प्रतिशत र काटेर एक ठाउँमा थुपारेको गहुँबालीमा २५ प्रतिशतसम्म क्षति हुने सम्भावना छ।

अहिलेको वर्षाले किसान धेरै चिन्तित बनेको उनको भनाइ छ। “यसरी कृषिबाली नष्ट भइरहँदा किसानलाई आपत्कालीन राहत र क्षतिपूर्तिको व्यवस्था छैन”, उनले भने, “जल तथा मैसम विज्ञान विभागले बेमौसमी अवस्थाबारे कृषकलाई पूर्वसूचना गरेको भए क्षति केही न्यूनीकरण सकिन्थ्यो कि?”

कृषि ज्ञान केन्द्र रूपन्देहीका प्रवक्ता तथा कृषि प्रसार अधिकृत अनिल कानु बनियाँका अनुसार बेमौसमी वर्षात्, हावाहुरी र असिनाले यस वर्ष अनुमानित चार प्रतिशतसम्म उत्पादन घट्न सक्ने सम्भावना छ। अहिलेसम्म रुपन्देहीमा करिब १० प्रतिशत गहुँमात्र किसानले भित्र्याउन सकेको उनले बताए।

उनले भने, “वर्षा र हावाहुरीले खेतमा लडेको र भिजेको गहुँ अधिकांश कालो भएर बिग्रिने सम्भावना रहेको छ।” खेतमा ढलेको गहुँ कम्बाइन मेसिनबाट काट्न समस्या हुने भएकाले गहुँ भित्र्याउने कार्यसमेत खर्चिलो भएको उनको भनाइ छ।
उनले भने, “पानीले भिजिसकेको गहुँ सुक्खा गहुँभन्दा कम क्षमताको हुन्छ र भिजेको गहुँ धेरै दिन भण्डार गर्दा बिग्रिएर जान्छ।” बेमौसमी पानीले भिजेको गहुँको वा नष्ट भएको गहुँको निश्चित तथ्याङ्क विभिन्न पालिकासँग समनव्य गरी सङ्कलन गरिरहेको उनले बताए।

यस वर्ष रूपन्देही जिल्लामा २६ हजार सात सय दुई हेक्टर जमिनमा गहुँखेती लगाइएको केन्द्रले जनाएको छ। प्रवक्ता बनियाँले भने, “सिँचाइ र उन्नत बीउबिजनसमेतको प्रयोगले यस वर्ष उत्पादकत्व बढ्ने आकलन भइरहँदा वर्षाले केही बिगारेको छ।” गत वर्ष २६ हजार छ सय ८० हेक्टर जमिनमा गहुँखेती भएको र कुल उत्पादन एक लाख दुई हजार दुई सय ५० मेट्रिक टन भएको उनले बताए।

प्रकाशित: २०७९ चैत २२ गते बुधबार १२:३४
प्रतिक्रिया

थप समाचार

सुनसरीमा घट्यो गहुँखेली, बढ्यो मकैखेती

इनरूवा (सुनसरी)- सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–६ का नगेन्द्रकुमार साह पहिले एक बिघा १० कट्ठामा गहुँखेती गर्थे। उनले रू एक लाखदेखि एक लाख ५० हजारको लागतमा एक बिघा १० कट्ठामा गहुँखेती गर्दै...

७ बिघाको गहुँबाली जलेर नष्ट

महेन्द्रनगर (कञ्चनपुर)- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा ७ बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ। दोधारा चाँदनी–७ बाबाथानमा रुखको हाँगामा बिजुलीको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना