काठमाडौं– सुन तस्करीको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउनु नपर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले निष्कर्ष निकालेको छ ।
विद्युतीय सिगरेट भेपमा लुकाएर गरेको सुन तस्करी आरोपमा महराविरुद्ध मुद्धा चलाउनु नपर्ने सीआइबीको ठहर छ । तर, उनका छोरा राहुलसहित तीन जनाविरुद्ध भने मुद्दा चलाउन भने सीआइबीको प्रतिवेदनमा सिफारिस गरिएको छ ।
आइतबार सरकारी वकिलको कार्यालय, काठमाडौंमा सीआइबीले बुझाएको प्रतिवेदनमा राहुल महरा, दावाजिन वाङका चालक लोकेन्द्र पौडेल र दावा छिरिङलाई मुद्दा चलाउन सिफारिस गरिएको छ ।
लुइ सहितका ६ जना चिनियाँ नागरिकको हकमा भने भेटिएको बखत मुद्दा चल्ने गरी नाम समावेश गरिएको सीआईबीले जनाएको छ ।


