काठमाडौँ- गायक रवि सुवेदीले हिन्दी गीत ‘दिलके पास तुम हो’ ल्याएका छन्।
गायक तथा मोडल समेत रहेका सुवेदीको युट्युब च्यानल रवि सुवेदीबाट सार्वजनिक हिन्दी गीतको भिडियोमा मोडल अरुणा सुवेदीले अभिनय गरेकी छन्।
विकास चौधरीको शब्द तथा संगीत रहेको गीतलाई सञ्जय हमालले एरेन्ज गरेका छन् भने दीपेश सिंहको मिक्सिङ तथा रेकर्डिङ छ।
कीर्तिपुर तथा काठमाडौँमा छायांकन गरिएको भिडियोलाई शैलेस श्रेष्ठ लुभुले छायांकन र सम्पादन गरेका हुन्।
राज महर्जन तथा रुपेन्द्र श्रेष्ठको संयुक्त कन्सेप्ट तथा निर्देशन रहेको भिडियोको प्रडक्सन म्यानेजरमा राजन महर्जन र मेकअपमा कुशुम कर्माचार्य रहेकी छन्।
अमेरिकामा रहेर पनि नेपाली गीतसंगीतमा सक्रिय गायक सुवेदीले यसअघि पनि हिन्दी भर्सनका केही गीतमा स्वर दिएका छन्।
मोडल अरुणाले पहिलो पटक हिन्दी गीतको भिडियोमा मोडलिङ गरेकी हुन्।
विज्ञापन र फेसन शोसहित थुप्रै म्युजिक भिडियोहरुमा फिचर्ड अरुणा समाजसेवाका काममा पनि सक्रिय छन्।
भिडियो


