काठमाडौँ- सर्जक सन्तोष सुवेदीले नयाँ म्युजिक भिडियो ‘दसैँ-तिहार’ ल्याएका छन्।
हरिराम बिसी र लक्ष्मी खड्काको स्वर तथा महेन्द्र भण्डारीको संगीत रहेको सुवेदीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
मालश्री स्टुडियोमा रेकर्ड भएको गीतको भिडियोमा विमल अधिकारी, सञ्जिता दर्लामी, आरती खड्का अस्मिता न्यौपाने र बाल कलाकार सुप्रिम सुवेदीको अभिनय छ।
म्युजिक भिडियोको निर्देशन निरेन श्रेष्ठले गरेका हुन्।
बिसीको आवाजमा ‘लैजान्छु पोखरा’बोलको तीजगीतमार्फत नवगायकको अवार्डमा पनि मनोनित भएका थिए।
लैजान्छु पोखराका सर्जक पनि सुवेदी नै हुन्। यसअघि सुवेदीका थुप्रै गीत सुपरहिट भएका थिए।
भिडियो


