२०८३ कार्तिक १२ गते बुधबार

इजरायलले गरेको आक्रमणमा परी रोयटर्सका पत्रकारको मृत्यु, ६ घाइते

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २७
Designing Zone – 3
रोयटर्सका पत्रकार इस्लाम अब्दुल्लाह। सन् २०२३ फेब्रुअरी ११ मा इस्लामले लिएको सेल्फीको पृष्ठभूमि टर्कीको मरासको हो। तस्बिर : इस्लाम अब्दुल्लाह/रोयटर्स

लेबनान- इजरायलको हवाई आक्रमणमा परी दक्षिणी लेबनानमा रोयटर्सका पत्रकारको मृत्यु भएको छ। आक्रमणमा परी अन्तर्राष्ट्रिय सचामार संस्थानहरूका ६ जना पत्रकार घाइते भएको घटनास्थलमा रहेका रोयटर्सकै अर्का पत्रकारले बताएका छन्।

रोयटर्स, अलजजीरा र एजेन्सी फ्रान्स-प्रेस (एएफपी)का पत्रकारहरू इजरायली सीमा नजिक अल्मा अल-शाबमा भिडियो खिचिरहेका थिए। रोयटर्सका भिडियो पत्रकार इसाम अब्दुल्लाह इजारायलले लेबनानमाथि गरेको आक्रमणमा मारिएका हुन्।

लेबनानी प्रधानमन्त्री नाजिब मिकाती र हिजबुल्लाहका एक सांसदले घटनाको दोष इजरायललाई लगाएका छन्।

इजरायली अधिकारीहरुले भने यस विषयमा कुनै प्रतिक्रिया नदिएको रोयटर्सको समाचारमा उल्लेख छ। तर बीबीसीले भने इजरायलले घटनाप्रति दुख व्यक्त गर्दै क्षमायाचनासमेत गरेको उल्लेख गरेको छ।

संयुक्त राष्ट्रसंघका लागि इजरायली राजदूत गिलाड एर्डनले भने आफूहरुको ध्येय पत्रकारहरूमाथि आक्रमण गर्नु नभएको तर युद्धका बेला यस्तो हुन सक्ने उल्लेख गरेका छन्।

‘आफ्नो काम गरिरहेका पत्रकारलाई मार्न चाहँदैनौं। तर तपाईंलाई थाहा छ, हामी युद्धको अवस्थामा छौं, अनपेक्षित चीजहरू हुन सक्छन्,’ शुक्रबार एक ब्रीफिंगमा उनले भने। घटनाका विषयमा देशले छानबिन गर्ने उनको भनाइ छ।

रोयटर्सले जारी गरेको विज्ञप्तिमा लाइभ भिडियो प्रसारण गरिरहेका पत्रकारलाई मारिएको उल्लेख गरेको छ। रोयटर्सको भिडियोमा क्यामेरा पहाडतर्फ देखाइएको छ। ठूलो विस्फोटले आवाजले क्यामेरा हल्लिएको र धुवाँको मुस्लो पनि भिडियोमा देख्न सकिन्छ। यसपछि चिच्याहट सुनिएको छ।

‘हाम्रा भिडियोग्राफर इसाम अब्दल्लाह मारिएकोमा हामी दुःखी छौं,’ रोयटर्सले भनेको छ, ‘हामी थप जानकारी लिने प्रयासमा छौँ। यस क्षेत्रका अधिकारीहरूसँग समन्वय गरी काम गरिरहेका छौँ। इसामको परिवार र सहकर्मीहरूलाई सहयोग गरिरहेका छौँ।’

रोयटर्सका अन्य दुई पत्रकार थेर अल-सुदानी र माहेर नाजेह घटनामा घाइते भएका थिए। उनीहरू उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

नाजेहले रोयटर्स र दुई अन्य समाचार संस्थाहरूले इजरायलको दिशाबाट आएको क्षेप्यास्त्र खिचिरहेका थिए। ढुङ्गाको पर्खालमा बसिरहेका बेला एक क्षेप्यास्त्रले अब्दुल्लाहलाई भेटेको थियो। केही सेकेन्डपछि नै अर्को मिसाइलले उनीहरूको कारमा प्रहार गर्‍यो र त्यसमा आगो लाग्यो।

एएफपी र अल जजीरालगायत समाचार आउटलेटहरूले ती क्षेप्यास्त्र इजरायलले प्रहार गरेको भन्दै समाचार प्रकाशन गरेका छन्। तर रोयटर्सले भने ती क्षेप्यास्त्र इजरायलले नै प्रहार गरेको भन्ने प्रमाण आफूहरूसँग नभएको उल्लेख गरेको छ।

एपीले पनि आक्रमणमा परी आफ्नो संस्थामा काम गर्ने दुई पत्रकार घाइते भएको बताएको छ।

अलजजीराले आफ्ना दुई जना पत्रकार पनि घटनामा घाइते भएको उल्लेख गरेको छ। उसले पनि ती क्षेप्यास्त्र इजरायलले नै प्रहार गरेको उल्लेख गर्दै यो ‘आपराधिक कार्य’ भएको बताएको छ।

‘हाम्रो प्रसारण टोलीकोको सवारी साधनमा बम विस्फोट गराइएको थियो। विस्फोटबाट अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिले प्रयोग गरेको सवारी पूर्ण रूपमा जलेको छ,’ अल जजीराले भनेको छ।

इजरायल र हेजबुल्लाहसँग घनिष्ठ सम्बन्ध रहेको प्यालेस्टिनी मिलिसिया हमासको बीच युद्ध सुरु भएदेखि अल्मा अल-शाब गाउँमा बारम्बार झडप भइरहेको छ।

हमास लडाकुहरूले गत शनिबार गाजा पट्टीबाट बाहिर निस्केर इजरायली नागरिक र सैनिकहरूमाथि घातक हमला गरेका थिए। यसपछि इजरायलले गाजामा भारी बमबारी सुरु गरेको छ।

रोयटर्ससँगको अन्तर्वार्तामा अब्दुल्लाहकी आमा फातिमा कान्सोले आफ्नो छोराको मृत्युको कारण इजरायल भएको आरोप लगाएकी छन्।

‘इजरायलले जानाजानी मेरो छोराको हत्या गर्यो। तिनीहरू सबैले पत्रकारको गियर लगाएका थिए। ‘प्रेस’ लेखिएको गियर प्रष्ट देखिन्थ्यो। इजरायलले यो अपराधलाई अस्वीकार गर्न सक्दैन,’ उनले भनेकी छन्।

अब्दुल्लाह मारिएको केही समय अघि, उनले सामाजिक सञ्जालमा हेलमेट र फ्ल्याक ज्याकेट लगाएको फोटो पोस्ट गरेका थिए। जसमा “प्रेस” शब्द प्रष्ट रूपमा देखिन्छ।

इजरायली रक्षा/सेनाका अधिकारीहरूले कुनै प्रतिक्रिया दिएका छैनन्।

लेबनानस्थित संयुक्त राष्ट्र अन्तरिम बल (शान्ति सेना)ले इजरायलसँगको लेबनानको सीमामा गस्ती गर्ने गरेको छ। उसले पत्रकारको मृत्युको समाचारले दुःखी बनाएको र गोलीबारी रोक्न आह्वान गरेको छ।

गत शनिबारदेखि सुरु भएको हमास-इजरायल युद्धमा हालसम्म ११ पत्रकार मारिएको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स(सीपीजे)ले जानकारी दिएको छ। ९ प्यालेस्टिनी, एक लेबनानी र एक इजरायली पत्रकार मारिएका हुन्।

प्रकाशित: २०८० असोज २७ गते शनिवार ०५:२३
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना