काठमाडौं- लामो समयको प्रतिक्षा पछी सलमान खान, कटरिना कैफ र इमरान हाशमी स्टारर फिल्म ‘टाइगर ३’ को ट्रेलर रिजिज भएको छ। यशराज फिल्म्सले सोमबार ‘टाइगर ३’ ट्रेलर रिलिज गरेको हो।
‘टाइगर ३’को ट्रेलरले इन्टरनेटमा खुबै चर्चा पाएको छ। यो फिल्म १२ नोभेम्बरमा रिलिज हुनेछ। यो फिल्ममा इमरान हाशमी खलनायकको रोलमा देखिन्छन्। ट्रेलरमा हाशमीलाई केवल एक शटमा मात्रै देखाइएकै छ। यो फिल्मलाई मनिष शर्माले निर्देशन गरेका हुन्।
यो फिल्म यशराज फिल्म्सको स्पाइ युनिभर्सको एक हिस्सा हो। यो युनिभर्स अन्तर्गत यसअघि नै ‘एक था टाइगर’, ‘टाइगर जिन्दा हे’, ‘वार’ र ‘पठान’ फिल्म रिलिज भइसकेका छन्। ‘टाइगर ३’ विश्वभर हिन्दी, तामिल र तेलुगु भाषामा रिलिज हुनेछ।


