धितोपत्र बजारमा सेयर सूचक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५०.०४ अङ्कले बढेर २ हजार २.७० अङ्कमा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.२७ अङ्कले बढेर तीन सय ७९.५० मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहको सेयर मूल्यमा नै आज वृद्धि भएको छ ।
विभिन्न कम्पनीका ४५ लाख ६६ हजार ४३ कित्ता सेयर रू एक अर्ब ५६ करोड ५५ लाख ५८ हजार ८०२ मूल्यमा खरिद बिक्री भएका छन्। आजको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब १ अर्ब ३१ करोड ७२ लाख ३८ हजार २२२ पुगेको छ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। कम्पनीको रु सात करोड ८५ लाख ८८ हजार तीन सय १७ बराबरको कारोबार भयो हिमालयन डिस्टिलरी रु पाँच करोड ७३ लाख १७ हजार दुई सय ७१, अरुण काबेली पावर रु चार करोड ७६ लाख ४६ हजार ६८८,नवील बैंक रु ३ करोड ५७ लाख ८५ हजार दुई सय सात र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले रु ३ करोड ४० लाख ६६ हजार ४९९ बराबरको कारोबार भई शीर्ष ५ भित्र परेका छन् ।
नेप्सेका अनुसार शुभम् पावर ९.९८, नेपाल इन्स्योरेन्स कम्पनी ९.४४, शिव श्री हाइड्रोपावर ८.५२, अभियान लघुवित्त ७.५९ र जोशी हाइड्रोपावरको सेयर मूल्य ७.४३ प्रतिशतले बढेको छ ।
त्यस्तै, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ ५.८१, प्राइम बैंकको ऋणपत्र १.९९,सिटिजन म्युचुअल फन्ड पहिलो १.८७, सिटिजन म्युचुअल फन्ड दोस्रो १.७९ र लक्ष्मी उन्नति कोषको मूल्य १.७५ प्रतिशतले घटेको छ।

