काठमाडौं– भारतका चर्चित गायक अरजित सिंहले सलमान खानका लागि पहिलो गीत गाएका छन्। सलमान खानका फिल्ममा अहिलेसम्म अरजितले गीत गाएका थिएनन्। अरजित र सलमानबीचको सम्बन्ध सुमधुर नरहेको बताइएको थियो।
तर सलमानको आगामी फिल्म ‘टाइगर ३’मा भने अरजितको स्वरमा रहेको गीत समावेश रहनेछ। त्यसको जानकारी सलमान आफैंले दिएका छन्। उनले विहिबार सामाजिक सञ्जालमा भनेका छन्, ‘अरजित सिंहको पहिलो गीत मेरा लागि। गीत २३ अक्टोबरमा रिलिज हुनेछ’
‘टाइगर ३’मा संगीत भने प्रितमले लिएका छन्। यो फिल्ममा सलमानसँगै कटरिन कैफ र इमरान हासमीको मुख्य भूमिका रहनेछ। मनिष शर्माले निर्देशन गरेको फिल्म १२ अक्टोबरमा रिलिज हुनेछ।
Pehle gaane ki pehli jhalak. #LekePrabhuKaNaam! Oh haan, yeh hai Arijit Singh ka pehla gaana mere liye. Song out on 23rd Oct. #Tiger3 coming to theatres this Diwali, 12th Nov.
Releasing in Hindi, Tamil & Telugu.#KatrinaKaif @emraanhashmi #ManeeshSharma @yrf @ipritamofficial… pic.twitter.com/gFBcJQX5tU
— Salman Khan (@BeingSalmanKhan) October 19, 2023


