काठमाडौं- सलमान खान र कटरिना कैफको आगामी फिल्म ‘टाइगर ३’ दर्शकका लागि प्रतिक्षाको विषय बनेको छ। यो फिल्मको ट्रेलर रिलिज भइसकेको छ। ट्रेलरलाई दर्शकले राम्रो रेसपन्स गरेका छन्।
आज फिल्मको पहिलो गीत पनि सार्वजनिक भएको छ। ‘लेके प्रभुका नाम’ बोलको गीत फिल्म निर्माता कम्पनी एशराज फिल्म्सले यूट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो। यो गीतमा सलमान र कटरिनाको कमेस्टी देखेर दर्शकले राम्रो रेसपन्स दिएका छन्।
प्रितमको संगीत रहेको यो गीतमा अरिजित सिंहसँगै निकिता गान्धीले पनि स्वर दिएकी छन्। अरिजितले सलमानको फिल्ममा पहिलो पटक स्वर दिएका हुन्। सन् २०१४ मा सलमान र अरिजितकाबीचमा भतभेद देखिएको थियो।
मनिष शर्माले निर्देशन गरेको ‘टाइगर ३’मा सलमान, कटरिनासँगै इमरान हसमीको मुख्यम भूमिका छ। फिल्म १२ नोभेम्वरमा रिलिज हुनेछ।


