काठमाडौं- गत जनवरीमा सलमान खानलले ईदमा रिलिज हुने फिल्म ‘किसीका भाई किसीकी जान’को टिनर शाहरुख खानको ब्लकबस्टर फिल्म ‘पठान’सँगै लन्च गर्ने घोषणा गरेका थिए।
अहिले शाहरुखले क्रिसमसको अवसरमा रिलिज हुने आफ्नो फिल्म डंकीको पहिलो टिजर विश्वभरका सिनेमाघरमा ‘टाइगर ३’सँगै गर्ने भएका छन्। ‘टाइगर ३’ पछि ‘डंकी’ सबैभन्दा ठूलो भारतीय फिचर फिल्म हो।
त्यसकारण ‘टाइगर ३’ सँगै फिल्मको टिजर ल्याउन लागिएको हो। यसका लागि शाहरुखले सलमान र आदित्य चोपडासँग कुरा गरिसकेको बताइएको छ। राजकुमार हिरानीले निर्देशन गरेको फिल्मको टिजर डिजिटल प्ल्याटफर्ममा भने ‘टाइगर ३’ भन्दा पहिले नै रिलिज हुन सक्ने बताइएको छ। ‘टाइगर ३’ मा शाहरुखको कमियो भूमिका रहने बताइएको छ।
अब यो फिल्ममा माध्यमबाट शाहरुलाई दर्शले २ पटक देख्न सक्नेछन्- ‘टाइगर ३’मा कमियो भूमिकामा र ‘डंकी’को टिजरमा। ‘डंकी’का माध्यमबाट शाहरुखले २०२३ मा ब्लकबस्टर फिल्म दिएर ह्याट्रिक गर्ने सम्भावना छ। यसअघि उनका ‘पठान’ र ‘जवान’ ब्लकबस्टर बनिसकेका छन्। सलमान, कटरिना कैफ र इमरान हासमी स्टारर ‘टाइगर ३’ नोभेम्बर १२ मा रिलिज हुनेछ। यो फिल्ममा मनिष शर्माले निर्देशन गरेका हुन्।
