वासिंटन- अमेरिकी अभिनेता म्याथ्यू पेरीको निधन भएको छ। ५४ वर्षको उमेरमा उनको निधन भएको हो।
पेरीले सन् १९९० को दशकको सुपरहिट टीभी सिटकम (हास्यप्रधान ड्रामा सिरिज) फ्रेन्ड्समा चान्डलर बिङको भूमिका निभाएका थिए।
अभिनेता पेरी लस एन्जलसस्थित आफ्नै घरमा मृत फेला परेका थिए।
टीभी सिटकम फ्रेन्ड्सले न्यूयोर्कमा बस्ने ६ जना युवाको कथालाई प्रस्तुत गरेको थियो। त्यसमै आधारित भएर सन् १९९४ देखि २००४ सम्म यसका भागहरू प्रसारित भए। यसको विधा हास्यप्रधान हो।
यसको अन्तिम एपिसोडलाई अमेरिकामा झन्डै ५३ मिलियनले हेरेका छन्। यो २००० को दशकको सबैभन्दा धेरै हेरिएको टिभी एपिसोड बनेको छ।
अभिनेता पेरी घरको बाथटबमा अचेत अवस्थामा फेला परेको लस एन्जलस फायर डिपार्टमेन्टका प्रवक्ताले बीबीसीलाई बताएका छन्।
सिटकम फ्रेन्ड्सको निर्माता वार्नर ब्रोस टिभीले म्याथ्यूको निधनले स्तब्ध भएको बताएको छ। ‘हाम्रा प्रिय साथी म्याथ्यू पेरीको निधनले हामी स्तब्ध छौं,’ उसले भनेको छ।
‘उनको हास्य प्रतिभाको प्रभाव संसारभरि महसुस गरिएको थियो, र उनको विरासत धेरैको हृदयमा रहनेछ। यो एक हृदयविदारक दिन हो, र हामी उनको परिवार, उहाँका प्रियजनहरू, र उहाँका सबै समर्पितहरूलाई हाम्रो माया पठाउँछौं,’ टीभीले भनेको छ।
सन् १९६९ मा म्यासाचुसेट्समा जन्मेका पेरी क्यानडाको ओटावामा हुर्केका थिए। उनले जस्टिन ट्रुडोसँग प्रारम्भिक विद्यालयमा पढेका थिए। हाल क्यानाडामा प्रधानमन्त्री उनै ट्रुडो छन्।
पेरी किशोरावस्थामा अमेरिकाको लस एन्जलस गएका थिए। उनले ब्वाई विल बी ब्वाइजमा चाज रसेलको भूमिका निभाएका थिए।
टीभी सिटकम फ्रेन्ड्सबाट उनी अन्तर्राष्ट्रिय रूपमा स्टार बने। यो सिटकम डेटिङ, क्यारियर र मित्रता देखाउने न्यूयोर्कवासीको जीवनको प्रतिविम्बन हो।
पेरीलाई चान्डलर बिंगको भूमिका दिइएको थियो। उनको उक्त भूमिका व्यंग्यात्मक वन-लाइनरहरूको लागि प्रसिद्ध थियो। सोही भूमिकाका लागि उनलाई सन् २००२ मा ‘प्राइमटाइम एमी’मा नोमिनेसन गरिएको थियो।
रक्सीको लतले उनलाई वर्षौंसम्म सताएको थियो। उनले धेरै पटक पुनर्स्थापना केन्द्र धाएका थिए।
मदिरा र ड्रग्सको लतका कारण फ्रेन्डसमा काम गर्दा ताकाको तीन वर्षको समय आफूलाई सम्झना नै नभएको भनेर उनले सन् २०१६ मा बीबीसीलाई दिएको अन्तर्वार्तामा भनेका छन्।
गत वर्ष मात्र उनले दिएको अर्को अन्तर्वार्तामा आफ्ना शोहरू आफूले भने नहरेको बताएका थिए।
‘मैले आफ्नै शोहरू पनि हेर्देनथेँ। अझसम्म पनि हेरेको छैन। किनभने मलाई ड्रंक गर्ने अफिम र कोकिन पिउन नै हतार हुन्थ्यो,’ उनले भनेका थिए। यद्यपि आफ्ना शोहरू फेरि आफूले हेर्ने उनको भनाइ थियो।
पेरीले धेरै चलचित्रहरूमा पनि अभिनय गरेका थिए। फूल रश-इन, अलमोस्ट हिरोज र द होल नाइन यार्ड उनको अभिनय भएका उत्कृष्ट चलचित्र हुन्।
हिट टीभी सिटकम फ्रेन्ड्समा जेनिसको भूमिका निर्वाह गर्ने म्यागी ह्विलर कोस्टारमध्ये पहिलोपटक पेरिलाई सार्वजनिक रूपमा श्रद्धाञ्जली दिने व्यक्ति बनिन्। पेरीले ‘धेरै छोटो जीवनकालमा धेरै कुरा गरेको बताइन्।
‘हामीले सँगै बिताएका हरेक रचनात्मक पलबाट म धेरै धन्य महसुस गरिरहनेछु,’ उनले इन्स्टाग्राममा लेखेकी छन्।
क्रूल इन्टेन्सनकी अभिनेत्री सेल्मा ब्लेयरले पेरी आफ्नो ‘सबैभन्दा पहिलो ब्वाइफ्रेन्ड’ भएको बताएकी छन्।
‘हामी सबैले म्याथ्यू पेरीलाई माया गर्थ्यौं। मैले विशेष माया गर्थेँ। हरदिन। मैले उसलाई बिना शर्त माया गर्थेँ। र उसले मलाई पनि,’ उनले लेखेकी छन्, ‘तर म टुटेँ। हृदय फुटेको छ। स्विट ड्रिम्स म्याटी, स्विट ड्रिम्स।’



