काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि दराजबाट सामान किन्दा ५५ इन्च वेस्तेल लिड स्मार्ट टिभी जित्न सक्ने योजना सार्वजनिक गरेको छ।
यस योजनामा सहभागी हुन बैंकका ग्राहकहरुले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट समान खरिद गर्दा अनलाइन भुक्तानी गर्नुपर्नेछ।
बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना २०७९ चैत्र २१ देखि बैसाख ९ गतेसम्म लागू हुने बैंकले जनाएको छ।
यस योजनाको अन्त्यमा, कुल सहभागीहरूमध्ये १ जना भाग्यशाली विजेता छनौट गरिनेछ। छनौट भएका एक भाग्यशाली विजेताले ५५ इन्च वेस्तेल स्मार्ट लिड टिभी पाउनेछन्।
७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट ४० लाख भन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको बताएको छ। आवद्ध छ।


