काठमाडौं- नेपाली फिल्म क्षेत्रमा सबैभन्दा बढी कमाइ गर्ने र व्यापारिक रुपमा निकै नै सफल मानिएको फिल्म ‘कबड्डी ४’ युट्युबमा रिलिज भएको छ। बासुरी फिल्मस्ले सोमबार आफ्नै युट्युब च्यानलमा यो फिल्म रिलिज गरेको हो।
रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो फिल्मले हलबाट मात्र २२ करोडको् ग्रस कलेक्शन गरेको थियो। विदेशी बजारबाट पनि यो फिल्म निकै नै राम्रो कमाई गरेको थियो। फिल्ममा दयाहाङ राई, मिरुना मगर, सौगात मल्ल, बिजय बराल, बुद्दि तामाङ लगायतका कलाकारको अभिनय छ।
अहिले उक्त फिल्म युट्युवमा पनि निकै रुचाइएको छ। सोमबार साँझ युट्युवमा रिलिज भएको उक्त फिलिम यो समाचार तयार पार्दासम्म ९ लाख बढीले हेरिसकेका छन्।
हेर्नुस, पूरा फिल्म…


