काठमाडौँ- नायिका रेखा थापाले, तिहारमा आम दर्शकलाई ‘वाह वाह वाह’ बोलको गीत उपहार स्वरुप पस्किएको बताएकी छिन्।
उपहार चलचित्रको वाह, वाह, वाह सार्वजनिकपछि नेपाल न्युज बैंकसंग कुरागर्दै उनले तिहारको उपहार स्वरुप आफ्ना दर्शकलाई सुम्पिएको बताइन्।
समग्रमा गीत राम्रो बनेको भन्दै उनले, नेपालीहरुको सांगीतिक पर्व तिहारमा नाच्न र रमाईलो गर्न यो गीत सहयोगि हुने विश्वास व्यक्त गरिन्।
‘हामीले अत्यन्तै राम्रो गीत संगीत बनाएको छौं। त्यसैले यो गीत तिहारलाई उपहार स्वरुप छोडौं भन्ने निर्णय गरेर नै हामीले छोडेको हो। यो गीतसंगै सम्पूर्ण दिदी बहिनी दाजु भाईले एकदमै रमाईलो गरेर सेलिब्रेसन गर्नुहुन्छ भनेर हाम्रो तर्फबाट तिहारको उपहारस्वरुप गीत सार्वजनिक गरेका हौँ।’
उनले समग्रमा चलचित्र एकदमै राम्रो बनेको जिकिर गरिन्। सामाजिक कथाबस्तु र प्रेम तथा मनोरञ्जनको समिश्रण रहेको चलचित्र हेरेर निस्किदाँ दर्शक सन्तुष्ट हुने उनको दाबी छ।
‘जनताले लामो समयको अन्तरालपछि धेरै मिठो , सान्र्दभिक एउटा सामाजिक कथाबस्तु र प्रेम कथामा आधारित र मनोरञ्जन सबै कुराको प्याकेज रहेको चलचित्र रहेको छ,’ उनले भनिन्, ‘दर्शकहरुलाई यो चलचित्रबाट यस्तो उपहार दिन खाज्दै छु कि २ घण्टा २० मिनेटको चलचित्र हेरर निस्कदाँ आनन्द महशुस हुनुपर्यो र ऊर्जा दिने विषवस्तु पनि हुनुपर्यो ऊर्जा धेरै दिन्छ।’
