पोखरा- पोखरामा एटीएम मेसिनमा चोरीको प्रयास गर्ने एकजना पक्राउ परेका छन्। पोखराको सभागृहमा रहेको नबिल बैंकको एटीएम फोड्दाफोड्दै प्रहरीले बबि ठाकुरलाई रंगेहात पक्राउ गरेको हो।
ठाकुरलाई एटीएम मेसिन फोड्न लाग्दै गर्दा पक्राउ गरिएको बैदाम प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।
डीएसपी श्रेष्ठका अनुसार ठाकुरको पोखरा नयाँ बजारमा सैलुन पसल छ। पक्राउ परेको ठाकुरको साथबाट रड, पेचकस, कपाल काट्ने कैंची लगायतका सामान बरामद गरिएको छ।
हाल उनीविरुद्ध चोरी उद्योग मुद्दामा म्याद थप गरी थप अनुसन्धान गरिरहेको डिएसपी श्रेष्ठले जानकारी दिएका छन्। एटीएम फोड्न लाग्दा ठाकुरलाई पक्राउ गरेकाले मेसिनमा कुनै क्षति भने भएको छैन।


