फिल्मको नामः टाइगर ३
स्टारकास्टः सलमान खान, कटरिना कैफ, इमरान हासमी, रिद्दी डोगरा, आशुतोष राणा लगायत
निर्देशकः मनीष शर्मा
आखिर यो दिन आयो, जसका लागि दर्शकले व्यग्र प्रतिक्षा गरेका थिए। धमकेदार एक्सन र स्वागले भरपूर बलिउड सुपरस्टार सलमान र कटरिना कैफ स्टाटरर फिल्म ‘टाइगर ३’ रिलिज भएको छ। फेरी एकपटक टाइगर दर्शकलाई रोलर कोस्टर राइडमा लैजान तयार छ। यो फिल्मका निर्देशक हुन् मनीष शर्मा। फिल्म आदित्य चोपडाले निर्माण गरेका हुन्।
फिल्म इमरान हासमीको यात्राबाट सुरु हुन्छ। उनी एक आईएसआई एजेन्ट हुन्। तर उनले पाकिस्तानको प्रधानमन्त्री हुने सपना देख्छन्। फिल्ममा जोया कसरी आईएसआईकी एजेन्ट बन्न पुगिन् भन्ने कथा देखाइएको छ। त्यसपछि टाइगरको ‘मिन टाइम पास’का बारेमा देखाइन्छ। उनी आफ्ना साथी रअ एजेन्ट गोपीलाई बनाउने कोशीसमा हुन्छन्। गोपीले टाइगरलाई एउटा आश्चर्यजनक कुरा बताइदिन्छन्। त्यसपछि इमरान हासमी अर्थात आतिश र टाइगरको आमना-सामना हुन्छ। त्यसपछि टाइगरले यस्तो प्लान बनाउँछन्, जसले आफ्नो ससुराली पाकिस्तान र भारत दुवैलाई बचाउन सकियोस्।
यो एक धमाकेदार एक्सन ड्राम फिल्म हो। जसलाई मेकर्सले निकै गम्भीरताका साथ बनाएको देखिन्छ। फिल्ममा लन्डनमा जोयाको कथा देखि सुरु भए अष्ट्रिया, रसिया र टर्कीसम्मको यात्रालाई देखाउँछ। यो फिल्ममा सलमानको स्वाग देख्न सकिन्छ। फिल्ममा जबरदस्त बाइक चेसिङ सिन छ। यो शानदार सिनले दर्शकमा रोमाञ्च भरिदिन्छ। सलमान र कटरिनाको स्क्रिन जोडीले जो कोहीलाई फिदा बनाउँछ। इमरान हासमीले निकै गज्जबको अभिनय गरेका छन्। कुमुद मिश्रा सुरु देखि नै टाइगरका टिमका हिस्सा थिए। उनले पनि प्रसंशा योग्य काम गरेका छन्। फिल्ममा सुपरस्टार शाहरुख खानको एन्ट्री शानदार छ। सलमान र शाहरुख मिलेर स्क्रिनमा धमका गर्छन्। साथै फिल्मको क्लाइमेक्समा ऋतिक रोशनले ‘वार २’ तर्फ संकेत गर्छन्। जसले दर्शकलाई वेग्लै उत्साह भरिदिन्छ।
फिल्मको कथामा ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा हे’ जस्तो पञ्जलाइनको कमी छ। फिल्मको संगीत पनि औसत मात्र छ। फिल्ममा यसअघिका टाइगर सिरिजका ‘दिल दिया गल्ला’, ‘माशल्लाह’, ‘स्वाग से स्वागत’ जस्ता गीतको कमी लाग्छ। यो फिल्म एक्सनले भरपुर फिल्म हो। जसलाई एक्सन थ्रिलर मुभी मन पर्छ, त्यसका लागि यो उपर्युक्त छ। थ्रीएटरमा फिल्म हेर्दा बहुत धमकेदार अनुभव हुन्छ।
बलिउड लाइफ डटकम


