काठमाडौँ- गण्डकी प्रदेससभाका सांसदसमेत रहेका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले फिल्म कंगारु बनाउने भएका छन्। फिल्मको निर्देशकीय जिम्मेवारी सम्राट बस्नेतलाई दिइएको छ।
फिल्म ‘लाखे’को निर्देशन गरेका बस्नेतले कंगारु बनाउने घोषणा गरिसकेका छन्। फिल्मलाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिने निर्देशक बस्नेतको भनाइ छ। यसअघि उनले बनाएको फिल्म ‘लाखे’ एक्सनमूलक थियो।
फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मस्सँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा कंगारु बन्न लागेको हो। फिल्ममा प्रेम थापा र धन बहादुर गुरुङको लगानी रहनेछ।
फिल्मको सह–निर्मातमा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ छन्। फिल्ममा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा रहनेछ। कंगारुको स्क्रिप्ट २ वर्ष लगाएर तयार पारिएको निर्देशक बस्नेतको भनाइ छ।
फिल्मको छायाङ्कन आगामी फागुनदेखि गर्ने तयारी निर्माण पक्षको छ।


