काठमाडौं- सलमान खान, कटरिना कैफ, इमरान हासमी स्टारर फिल्म ‘टाइगर ३’ ले विश्वभरमा ४ करोड भन्दा बढीको ग्रस कलेक्सन गरेको छ। निर्माण कम्पनी एसराज फिल्म्सका अनुसार ‘टाइगर ३’ ले १० दिनमा विश्वभरबाट ४ सय करोड ५० लाख भारतीय रुपैयाँ बराबरको कलेक्सन गरेको हो।
भारतबाट मात्रै फिल्मले २९८ करोडको ग्रस कलेक्सन गरेको छ। यस्तै ओभरसिजबाट १०२ करोड ५० लाख रुपैयाँ कलेक्सन गरेको हो। एसराज फिल्म्सका अनुसार ‘टाइगर ३’ दिपावलीका अवसरमा रिलिज भएका सबै फिल्म मध्ये सबैभन्दा धेरै ग्रस कलेक्सन गरेन फिल्म बनेको छ। आदित्य चोपडाले निर्माण गरेको फिल्मलाई मनिष शर्माले निर्देशन गरेका हुन्।


