काठमाडौं– नेपाली गायीका मेनुका पौडेलले भारतीय रियालिटी शो ‘इन्डियन आइडल’मा खुबै प्रसंशा पाइरहेकी छन्। आइडलको पछिल्लो शृंखलामा बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री रश्मिका मन्दाना आगामी फिल्म ‘एनिमल’को प्रोमसनका लागि पुगेका थिए।
मेनुकाले रणवीरकै अघिल्लो फिल्म ‘अगर तुम साथ हो’ गाएकी थिइन्। मेनुकाको प्रस्तुती पछि रणवीरले पौडेलको पाउ छोएर ‘संगीतकी देवी’ भनेका छन्। ‘मेनुकाजी मेरो नाम रणवीर हो। म तपाईंबाट आशिर्वाद लिन चाहन्छु,’ उनले भनेका थिए, ‘जब श्रेयाजीले ठूलो मञ्चमा गाउँदा दर्शकलाई यस्तै महसुस भएको हुन सक्छ। श्रेयाजीलाई देवी भन्छौं। देवी नम्बर २ हाम्रो साथमा साक्षात् रुपमा उपस्थित हुनुहुन्छ।’
रणवीर र रश्मिकाले स्टेजमा गएर मेनुकालाई सम्मान समेत दर्शाएका थिए।


