काठमाडौं- बलिउड सुपरस्टार सलमान खान र करण जोहरले २५ वर्षपछिसँगै काम गर्ने भएका छन्। सलमान र करणले फिल्म ‘द बुल’मा सहकार्य गर्ने भएका हुन्। यो फिल्मलाई विष्णुवर्धनले निर्देशन गर्नेछन्। यो फिल्म सत्य घटनामा आधारित हुनेछ। फिल्ममा सलनमानले अर्धसैनिक अफिसरको भूमिका निभाउनेछन्।
बलिउड समचार साइट पिंक भिल्लाका अनुसार फिल्मको सुटिङ फेब्रुअरीबाट सुरु हुनेछ। फिल्मका लागि सलमानले फिटनेशको काम सुरु गरिसकेको बताइएको छ। फिल्म सन् २०२५ को इदमा रिलिज हुने सम्भावना रहेको पिंकभिल्लाले जनाएको छ।
फिल्मको प्री-प्रोडक्सनको काम धर्मा प्रोडक्सनको अफिसमा चलिरहेको र सेट निर्माणको काम चाँडै सुरु हुनेछ।
