काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युएई प्रस्थान गरेका छन्। काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाबाट बुधबार राती उनी दुबईका लागि प्रस्थान गरेका हुन्।
दुबईमा बिहीबारदेखि सुरू हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८ औं सम्मेलन (कोप-२८) मा भाग लिन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल बुधबार युएई प्रस्थान गरेको हो।
कोप–२८ मंसिर २६ सम्म दुबईमा हुनेछ।





