२०८३ कार्तिक १२ गते बुधबार

सम्झनामा किसिन्जर : प्रभावशाली तर विवादास्पद कूटनीतिज्ञ

 |  पाउल ली ब्ल्यांक
Sanket

पाउल ली ब्ल्यांक

काठमाडौँ, मङ्सिर १४
Kissinger

काठमाडौं- अमेरिकाका पूर्वविदेशमन्त्री तथा पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरको बुधबार निधन भएको छ। उनको १ सय वर्षको उमेरमा बुधबार आफ्नै निवासमा निधन भएको हो। युवावस्थामा नाजीको शासन रहेको जर्मनीबाट भागेका किसिन्जर कालान्तरमा अमेरिकी इतिहासकै एक प्रभावशाली तथा विवादास्पद कूटनीतिज्ञ बनेका थिए।

१९७० को दशकमा उनी अमेरिकी कूटनीतिका पर्यायजस्तै थिए। भियतनाम युद्धबाट अमेरिकी सेना फर्काउन पहल गरेको भन्दै उनलाई १९७३ मा नोबेल शान्ति पुरस्कार समेत दिइएको थियो। पेरिस शान्ति सम्झौतामा हस्ताक्षर गरेकाले उत्तर भियतनामी नेता लि डुक थो र किसिन्जरलाई संयुक्त रुपमा यो पुरस्कार दिइएपनि थोले अस्विकार गरेका थिए। किसिन्जरलाई पुरस्कार दिने निर्णयको विरोध गर्दै उक्त वर्ष नोबेल कमिटीकै दुई सदस्यले राजिनामा समेत गरेका थिए। जसकारण, यो पुरस्कार विवादमा तानियो। अर्को, किसिन्जरले पुरस्कार भएपनि युद्ध अन्त्य हुन थप दुई वर्ष लाग्यो।

किसिन्जरलाई चीनका मित्र भनेर पनि चिनिन्छ। उनले आफ्नो जीवनकालमा पदमा छँदा र नरहदाँ गरी कुल १ सय पटक चीन भ्रमण गरे। १९७० को दशकमा एक्लिएको चीनलाई अमेरिका र बाँकी विश्वसँग व्यापारिक रुपमा जोड्ने श्रेय पनि किसिन्जरलाई जान्छ। उनको भ्रमणपछि १९७२ मा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले चीन भ्रमण गरेका थिए। त्यसपछि बिस्तारै चीनले अन्तर्राष्ट्रिय व्यापार र कूटनीतिमा आफ्नो प्रभूत्व कायम गर्दै गयो।

भियतनाम युद्धका दौरान कम्बोडियामा गोप्य रुपमा बम खसालेको दोष पनि उनलाई जान्छ। यहीकारण धेरैले उनलाई घृणा पनि गर्छन्। यस बमकाण्डपछि कम्बोडियामा खेमर रगको शासन सुरु भएको थियो। त्यसैगरी, चिलीमा प्रजातान्त्रिक सरकारविरुद्ध ‘कु’ हुँदा त्यहाँको सेनालाई समर्थन गर्ने विवादास्पद काम पनि उनले गरेका थिए।

मध्यपूर्वमा उनले १९७३ को योम किपुर युद्धपछि इजरायल र अरब सेनालाई अलग–अलग गर्ने काम गरेका थिए। यसलाई ‘सटल कूटनीति’ नाम दिइएको थियो। सोभियत युनियनसँगको सम्बन्ध अति खराब हुँदा उनले फेरि सहकार्य र सम्झौताको प्रस्ताव ल्याएका थिए। यसले तनाव कम गर्न र दुई महाशक्तिबीच विभिन्न हतियार सम्बन्धि सम्झौताहरु गर्नका लागि ढोका खुलेको थियो। यद्यपी, उनले अन्य देशमा मानव अधिकारलाई बेवास्ता गर्ने गरेको मानवअधिकारवादीहरुको आरोप थियो।

किन्सिजरलाई विवादमा ल्याउने मुख्य कारण थियो- भियतनाम युद्ध। १९६९ मा युद्ध समाप्त गर्ने वाचासहित निक्सन राष्ट्रपति बने, उनले त्यसका लागि गोप्य योजना बनाए। तर, यसका बाबजुद झन्डै ३० हजार अमेरिकी सैनिक यसपछि भियतनाममा मारिए। आलोचकहरु निक्सन र किसिन्जरले अनावश्यक रुपमा युद्ध लम्ब्याएको आरोप लगाउँछन्। १९७५ मा युद्ध समाप्त हुँदासम्म ५८ हजार अमेरिकी सैनिकले ज्यान गुमाइसकेका थिए।

होलोकोस्टको अनुभव
२७ मेइ, १९२३ मा जर्मनीको फुर्थमा किसिन्जरको जन्म भएको थियो। उनी यहुदी थिए। उनी हिटलरको दमन सहन नसकेपछि १९३८ मा भागेर अमेरिका पुगेका थिए।

‘स्कुल जाँदाका मेरा झन्डै आधा सहपाठी र मेरै परिवारका १३ सदस्य हिटलरको बन्दी शिविरमा मारिए,’ किसिन्जरले एकपटक भनेका थिए। त्यसपछि, केही समय अमेरिकी सेनामा काम गरे। हार्भाड विश्वविद्यालयबाट विद्यावारिधि गरेका किसिन्जरले १९७३ देखि १९७७ सम्म विदेशमन्त्रीका रुपमा काम गरेका थिए।

प्रभावशाली राजनीतिज्ञ
विदेशमन्त्रीको कुर्सी छाडिसकेपछि अन्तर्राष्ट्रिय मामिलाका लेखक र अन्तर्राष्ट्रिय कन्सल्टेन्टका रुपमा किसिन्जरले छवि बनाए। जर्ज डब्ल्यू बुस राष्ट्रपति भएपछि २००२ मा छोटो समय किसिन्जर सरकारी जिम्मेवारीमा फर्किए।

बुसले सेप्टेम्बर ११ को आतंकवादी हमलाबारे छानबिन गर्न उनकै नेतृत्वमा आयोग गठन गरेका थिए। तर, ‘कन्फ्ल्क्टि अफ इन्ट्रेस्ट’का प्रश्नहरु उठेपछि किसिन्जरले एक महिनाभित्रै राजीनामा गरे।

अमेरिका र विश्वका धेरै देशमा विदेश नीतिबारे अध्ययन गर्दा किसिन्जरका लेख, सल्लाह र पुस्तकलाई सन्दर्भसामग्रीका रूपमा ‘साइटेसन’ गरिन्छ।

-सीएनएनबाट

प्रकाशित: २०८० मङ्सिर १४ गते बिहिबार ०२:३७
प्रतिक्रिया

थप समाचार

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना