काठमाडौं- रणवीर कपूरको बहुप्रतिक्षीत फिल्म ‘एनिमल’ (आज) शुक्रबार रलिज भएको छ। फिल्मले ए रेटिङ पाएको छ। ३ घण्टा २३ मिनेट लामो र हैरान पार्ने कन्टेन्टका बावजुद पनि फिल्मले जबरजस्त उत्साह पैदा गरेको छ। फिल्मले बक्स अफिसमा शानदार ओपनिङ गर्ने तय छ। फिल्मको टिजर, ट्रेलरले दर्शकलाई उत्साही बनाएको थियो। हलमा पुग्ने दर्शकले पनि फिल्मलाई मन पराएका छन्।
निर्माण टिमले दर्शकलाई अर्को सरप्राइज दिएको छ। फिल्मको पोस्ट क्रेडिट सिनमा ‘एनिमल’को सिक्वेलको घोषणा गरिएको छ। फिल्मको अन्त्यमा एक नयाँ संघर्षको कथालाई उठान गरेर छाडिएको छ भने टाइटल पनि घोषणा गरिएको छ। सिक्वेलको नाम हुने छ- ‘एनिमल पार्क।’
फिल्मको आधिकारिक सामाजिक सञ्जाल ह्यान्डलमा निर्माण पक्षले भनेको छ, ‘एनिमलको पोस्ट क्रेडिट सिन हेर्न नभुल्नुहोला।’ यो फिल्ममा रणवीर कपूर, अनिल कपूर, बबी देओल र रश्मिका मन्दानाको मुख्य भूमिका छ। फिल्मलाई सन्दीप रेड्डी भांगाले निर्देशन गरेका हुन्। एक जिद्दी छोराले पिताको हत्या प्रयासको बदला लिएको कथा फिल्ममा छ। फिल्ममा हिंसात्मक एक्सन भरपूर देख्न पाइन्छ।


