काठमाडौँ- फिलिपिन्सको मिन्डानाओमा शक्तिशाली भूकम्प गएको छ।
अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार गएराति साढे १० बजेतिर ७.६म्याग्निच्युडको भूकम्प गएको हो। यसलगत्तै ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो।
भूकम्पपछि फिलिपिन्स र जापानमा सुनामीको चेतावनी जारी गरिएको छ।
जापानको सरकारी टेलिभिजन एनएचकेले भूकम्पपछि एक मिटर माथिसम्म समुद्री छाल आउनसक्ने चेतावनी जारी गरेको जनाएको छ।
भूकम्पको केन्द्रविन्दुभन्दा टाढा सहरका मानिसहरु पनि भवनबाट बाहिर निस्केर खुला ठाउँमा बसेका थिए। बुटुआन सहरमा, बिरामीहरूलाई अस्पतालबाट बाहिर निकालिएको थियो।
भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त नभएको बीबीसीले उल्लेख गरेको छ।


