काठमाडौं- नेपाली चलचित्र ‘पुजार सार्की’मा नायकद्वय आर्यन सिग्देल र प्रदीप खड्का फाइनल भएका छन्। निर्देशक दिनेश राउतले फिल्ममा सिग्देल र खड्का फाइनल भएको जानकारी दिए।
उनका अनुसार सिग्देल र खड्काले फिल्ममा मुख्य भूमिका निभाउनेछन्। उनका अनुसार फिल्मको छायंकन माघ पहिलो साताबाट सुरु हुनेछ। यो राउतको करियरको सातौं फिल्म हुनेछ। बिकास सुबेदीको लेखन रहने चलचित्रलाई संगीतकार सुभाष भुषालले निर्माण गर्नेछन्। यसअघि निर्देशक राउत र लेखक सुवेदीबीच ‘प्रकाश’मा सहकार्य भएको थियो।
किङ्गडम नेटवर्कको ब्यानरमा बन्ने चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ। दिनेशले यसअघि ‘प्रकाश’, ‘प्रसाद’, ‘पर्व’, क्लासिक’, नोभेम्बर रेन’ र ‘आइ एम सरी’को निर्देशन गरेका थिए।
प्रकाशित: २०८० मङ्सिर १७ गते आईतबार ०३:५३