काठमाडौं- शाहरुख खान स्टारर फिल्म ‘डंकी’को ट्रेलर भोली (मंगलबार) रिलिज हुने भएको छ। राजकुमार हिरानीको निर्देशनमा बनेको फिल्मको ट्रेलर भोली रिलिज हुन लागेको हो। यो वर्ष शाहरुखका फिल्म ‘पठान’ र ‘जवान’ ब्लकबस्टर भइसकेका छन्। अब ‘डंकी’ २१ डिसेम्बरमा रिलिज हुनेछ।
यो फिल्मको निर्माण राजकुमार हिरानी फिल्म्स, जियो स्टुडियो र रेड चिल्ली एन्टरटेनमेन्टले गरेका हुन्। फिल्ममा शाहरुखसँगै तापसी पन्नु, विक्की कौशल, बोमन ईरानी, विक्रम कोचर, अनिल ग्रोवरको मुख्य भूमिका छ। फिल्म अवैध आप्रवासनको कथामा आधारित छ।


