काठमाडौं- रणवीर कपूर स्टारर फिल्म ‘एनिमल’ले बक्स अफिसमा धूम मच्चाइरहेको छ। सन्दीप रेड्डी भांगाले निर्देशन गरेको फिल्ममा रणवीरसँगै रश्मिका मन्दाना, अनिल कपूर र बबी देओलको मुख्य भूमिका छ।
इन्डिया टुडेमा प्रकाशित एक समचार अनुसार यो फिल्म २०२४ को सुरुवातमा ओटीटी प्ल्याटफर्ममा रिलिज हुनेछ। नेटफ्लिक्सले फिल्मको आधिकारिक स्ट्रिमिङ अधिकार प्राप्त गरेको छ। नेटफ्लिक्सले फिल्मका केही दृश्य हटाउने बताइएको छ।


