काठमाडौं- रणवीर कपूर र रश्मिका मन्दाना स्टारर एक्सन क्राइम फिल्म ‘एनिमल’ ठूलो व्यवसायिक सफलताको नजिक छ। फिल्मको मुख्य आकर्षण रणवीर (पात्र)को विशाल घर हो। यो घर बलिउड अभिनेता सैफ अली खानको आलिशान पटाैदी प्यालेस हो।
‘एनिमल’को एउटा ठूलो हिस्सा सैफको यही महलमा खिचिएको थियो। जसलाई फिल्ममा सिंह परिवारको मुख्य घरकारुपमा देखाइएको छ। सन् २०२० मा सैफकी बहिनी सोहा अली खानले यो महलको एरियल तस्विर शेयर गरेकी थिइन्। सैफकी पत्नी करिनाले पनि बेलाबखत यो घरको तस्विर सामाजिक सञ्जालमा शेयर गर्ने गरेकी छन्।
टाइम्स अफ इन्डियाका अनुसार यो महलको मूल्य करिब ८ सय करोड भारतीय रुपैयाँ हो। यसको निर्माण १९३५ मा पटौदीका अन्तिम शासक नवाब इफ्तिखार अली खानले गराएका थिए। त्यो बेला इफ्तिखारको परिवार यही महलमा बस्ने गर्थे।
फिल्म ‘एनिमल’को निर्देशन सन्दी रेड्डी भांगाले गरेका हुन्। फिल्ममा रणवीर, रश्मिकासँगै अनिल कपूर, बबी देओल, तृप्ति डिमरी, सलोनी बत्रा, शक्ति कपूर र सुरेश ओवरोयले अनिनय गरेका छन्। यो फिल्म गत शुक्रबार रिलिज भएको थियो।


