काठमाडौं- जब सलमान खानले शाहरुख खानको फिल्म ‘पठान’मा टाइगरकारुपमा केमियो गरे, त्यो एक नयाँपन थियो। जसलाई दर्शकले खुबै रुचाए। यशराज फिल्म्सले ‘पठान’मा सलमानलाई झैं शाहरुखलाई पठानकारुपमा ‘टाइगर ३’मा केमियो गरायो।
दर्शकले राम्रै प्रतिक्रिया दिए। तर निर्माता आदित्य चोपडाले ‘टाइगर ३’बाट थुप्रै पाठ सिकेका छन्। उनले अब स्पाई युनिभर्समा थप ध्यान केन्द्रीत गर्ने फैसला लिएको बलिउड समाचार साइट बलिउड हंगामाले जनाएको छ। ‘पठान’मा टाइगरको उपस्थितीमा एक नविता थियो, चोपडा र निर्देशक शर्माले ‘टाइगर ३’को पटकथामा एउटा अर्को परिदृश्य बनाउने कोशिस गरेका थिए। तर त्यो परिदृश्यमा नविनता थिएन। एक सुपरस्टारको केमियामा हुन पर्ने दम ‘टाइगर ३’मा देखिएन। यसबाट चोपडाले सवक सिकेको समाचारमा जनाइएको छ। सोही कारण स्पाई यूनिभर्सका बारेमा चोपडाले थप गम्भिरताका साथ काम गर्ने फैसला लिएका हुन्।
अब चोपडाले स्पाई यूनिभर्सका फिल्ममा तब मात्रै केमियो गराउनेछन्, जब पटकथाले माग्नेछ। ‘सुरुवातमा वार २ मा टाइगर र पठानलाई ल्याउने योजना थियो। तर अब यो फिल्ममा ऋतिक रोशन र एनटिआर मात्रै हुनेछन्। कथामा टाइगर र पठानको कुनै केमियो हुनेछैन,’ स्रोतलाई हवला दिँदै समाचारमा भनिएको छ, ‘वार २ एक कहानीमा आधारित एक एक्सन फिल्म हो। आयान मुखर्जीले निर्देशन गर्ने फिल्ममा केमियोका लागि कुनै स्पेश छैन।’
‘वार २’ २०२५ मा रिलिज हुनेछ। यो फिल्ममा ऋतिक, एनटिआरका साथै कियारा अडवाणीको मुख्य भूमिका रहनेछ।


