काठमाडौँ- नायिका रेखा थापा अमेरिकाका लागि पुगेकी छन्। सात महिनाको गर्भावस्थामा उनी अमेरिका पुगेकी हुन्।
थापाले माघमा शिशुलाई जन्म दिने डेट चिकित्सकले दिएका छन्। अमेरिकामा नै सन्तानलाई जन्माएर मात्र उनी नेपाल फर्कने बताइएको छ।
रेखाले प्रेमी बलराम शाहीसँग डेढ वर्ष अगाडि विवाह गरेकी थिइन्। बलरामको परिवार नै अमेरिकामा रहेकाले रेखा पनि परिवारसँगै गएकी हुन्।
रेखाले अमेरिकाबाटै श्रीमानको जन्मदिन मनाउँदै गरेको तस्बिर र भिडियो पोस्ट गरेकी छिन्।
रेखाले निर्माण गरेको फिल्म ‘उपहार’ फागुनको २५ गतेबाट रिलिज हुँदैछ। यो फिल्मको डबिङको काम रेखाले सकिसकेकी छिन्। फिल्म रिलिजको समयमा रेखा नेपालमा नहुने भएकी छन्।


