काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ। बैठक आसन्न राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गर्न आज बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने छ।
बैठक राष्ट्रिय सभाको निर्वाचन र केन्द्रीय समिति बैठक एजेण्डा लगायतमा केन्द्रित हुने जसपाका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
बस्नेतका अनुसार बैठकमा पार्टीले गत भदौदेखि ३ महिनासम्म सञ्चालन गरेको संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा पनि हुने छ।
अभियान अन्तर्गत जसपाले पालिका समितिदेखि प्रदेश समिति पनि पुनर्गठन गरेको छ। जसअन्तर्गत करिब ९५ वटा पालिका समिति पुनर्गठन भएका जसपाले जनाएको छ। यसैगरी जसपाको मधेश प्रदेशअन्तर्गतका जिल्ला बाहेक २६ जिल्ला समिति पनि पुनर्गठन गरिएका छन्।
