काठमाडौँ- गायक सुरज श्रेष्ठले नयाँ गीत ‘बेनी बजारमा’ ल्याएका छन्। दीपक शर्माको शब्द रहेको गीतमा आफूलाई मन परेकी युवतीको प्रेम प्राप्तीका लागि युवकले गरेको प्रयासको भावलाई उतारिएको छ। सुरजको स्वरका लागि दीपकले सङ्गीत भरेका छन्।
गीतको भिडियोको पृष्ठभूमिमा म्याग्दी जिल्लाको बेनी बजार आसपास र पर्वत जिल्लाको ऐतिहासिक मल्लाज दरबार तथा कुश्माको शताब्दी घरलाई राखिएको छ।
कुमार केसीले निर्देशन गरेको भिडियोमा उषा उप्रेती र दिनेश काफ्लेको अभिनय छ। गीतलाई अनिल के मानन्धरको छायाङ्कन तथा मनोज कार्कीले सम्पादन गरेका हुन्।
