२०८३ कार्तिक ११ गते मङ्गलबार

युद्ध कि शान्ति? तानाशाही वा प्रजातन्त्र? दाउमा युरोपको भविष्य

 |  टिमोथी गार्टन एस
Sanket

टिमोथी गार्टन एस

काठमाडौँ, मङ्सिर २८
eu_eu

यस वर्ष म २० भन्दा धेरै युरोपेली देशमा घुमें। मैले त्यस क्रममा दुईवटा युरोप देखें। महादेशको ठूलो हिस्सामा तपाई हाईस्पिड रेलहरु कुदिरहेको देख्नुहुन्छ। यी उदार प्रजातान्त्रिक देशहरु विद्यमान सबै द्वन्द्वको निकास शान्तिपूर्ण रुपमा खोज्नुपर्छ भन्नेमा छन्। तर यहीँबाट पूर्वतर्फ ढिलो कुद्ने रेल चढेपछि तपाईले बम सेल्टरहरुमा समय बिताउनुहुन्छ। र, घाइते सैनिकसँग कुरा गर्नुहुन्छ, जसको कथाले प्रथम विश्वयुद्धको झल्को दिन्छ।

मैले मेरो फोनमा ‘एयर अलार्म युक्रेन’ एप एक्टिभ राखेको थिएँ। र, युक्रेनी सहरहरुमा हुनसक्ने हवाई हमलाबारे यसले दिएको चेतावनीले मलाई हरेक दिन त्यो अर्को युरोपको स्मरण गराइरह्यो।

हाम्रो राजनितिमा सम्बन्धित द्वैधता छ। धेरै युरोपेली देशहरुमा अझै मध्यमार्गी वामपन्थी र मध्यमार्गी दक्षिणपन्थीको रेन्जका सरकारहरु छन्, प्रायमा कठिन गठबन्धन छ। यसका बाबजुद एक वा अर्को बाटोबाट उदार प्रजातन्त्र र युरोपेली युनियन दुवैलाई सक्रिय गराउन सबै प्रतिवद्ध छन्।

पोल्यान्डमा यसै साता लोकप्रियतावादी राष्ट्रवादी पार्टी (जसले देशको प्रजातन्त्रलाई नै धरापमा पारेको थियो) लाई हटाएर डोनाल्ड टस्कको नेतृत्वमा यस्तै उदार सरकार फर्कियो।

अर्कोतर्फ अति दक्षिणपन्थी लोकप्रियतावादी राष्ट्रवादी पार्टीहरुले पनि सफलता पाइरहेका छन्। जसको उदाहरणका रुपमा गत वर्ष निर्वाचित इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीलाई लिन सकिन्छ। जर्मनीमा अल्टरनेटिभ फर डचिस्ल्यान्ड (एएफडी)ले क्षेत्रीय निर्वाचनमा हासिल गरेको लाभ र नेदरल्यान्डमा ग्रिट विन्टरले हासिल गरेको लाभले लोकप्रियतावादीलाई हौस्याएको छ।

हंगेरीका नेता भिक्टो अर्बन अहिले अझै आक्रामक देखिएका छन्, उनी युरोपेली युनियन (ईयु)को सदस्य हुनुको फाइदा उठाएर यस संस्थाको चाहना र मूल्यविपरीत काम गरिरहेका छन्। कम्तीमा ईयू छाड्नेहरुमा इमानदारीता छ, उनीहरुले आफूलाई मन नपरेको क्लब छाडेका छन्।

बिहीबारबाट ब्रसेल्समा सुरु ईयूको महत्वपूर्ण सम्मेलनमा यी दुई युरोपले लडाँइ गर्नेछन्। उनीहरुले गर्ने निर्णयले शान्तिपूर्ण वा युद्धग्रस्त युरोप? निरंकुशता वा प्रजातन्त्र? विभाजित वा एकजुट युरोप? यीलगायत महत्वपूर्ण प्रश्नहरुमा ठूलो प्रभाव राख्नेछ।

स्पेनको अध्यक्षतामा रहेको इयुले आप्रवासन नीतिबारे नयाँ प्याकेजमा सहमति पनि खोज्दैछ।

२४ फेब्रुअरी २०२२ मा भ्लादिमिर पुटिनले युक्रेनमा सुरु गरेको आक्रमणले पर्खाल भत्किएपछिको अवस्था (जुन अवस्था ९ नोभेम्बर १९८९ मा बर्लिनको पर्खाल भत्किएसँगै सुरु भएको थियो) अन्त्य गरेको छ। र अहिले हामी नयाँ अवधिका त्यस्ता निर्णायक वर्षहरुमा छौं, जसको नाम र चरित्र अझै हामीलाई थाहा छैन।

राजनीति र सम्बन्धमा सुरुवातले अर्थ राख्छ। १९४५ पछिका केही वर्षहरुले युरोपेली व्यवस्थाका केही आधारभुत मान्यताहरु तय गर्‍यो, जो त्यसपछिका केही दशकसम्म कायम रह्यो। १९८९ लगत्तै पनि यस्तै केही मान्यताहरु तय भएका थिए।

बौद्धिक रुपमा युरोपेली नेताहरुले यो बुझेका छन्। यो हजारौं नेताहरुको भाषण र बुद्धिजीवी वर्गहरुको दस्तावेजको विषय हो। युक्रेनविरुद्धको रुसको युद्धले डेनमार्क र जर्मनीजस्ता देशको सुरक्षा दृष्टिकोणलाई बदलेको छ। फिनल्यान्ड र स्विडेनको कुरै छाडौं, उनीहरुले नाटोको सदस्यताका लागि लामो निष्पक्षता त्यागेका छन्।

तर, भावनात्क रुपमा र बृहत्तर समाजमा यो धेरै स्पष्ट भइसकेको छैन। गत वर्ष गोटिन्जेन विश्वविद्यालयका एक विद्यार्थीले मलाई सोधेका थिए, ‘के तपाई (साल २०२२) को नयाँ युरोपेली पुस्ता हुनेछ भन्ने सोच्नुहुन्छ?’

१९४५ पछि युरोपमा भएको सबैभन्दा ठूलो युद्धको प्रभावले राम्रो युरोप निर्माणका लागि प्रतिवद्ध पुस्ताको उदय हुनसक्ला भन्ने उनको जिज्ञासा थियो। मैले यो प्रश्न पूरै महादेशमा त्यसयता सोधिरहेको छु, तर प्रतिक्रिया उत्साहजनक छैन। चेक गणतन्त्र र स्लोभाकियामा पनि मानिस टाउको हल्लाउँछन् र भन्छन्, ‘वास्तवमा छैन।’ थप पश्चिमतर्फका देश इटली, स्पेन, पोर्चुगल वा आयरल्यान्डमा नकारात्मकता अझै बढी छ।

सन् १९४५ पछि युरोपेली प्रणाली बलियो भएकाले पनि यस्तो भएको हुन सक्छ। १९८९ पछि यो अझै बलियो र बृहत्तर बन्यो। जसकारण, नाटोमा आबद्ध देशमा बस्ने मानिसहरुले अझै पनि आफ्नो ढोकासम्म युद्ध आउनसक्छ भनेर पत्याइरहेका छैनन्।

उनीहरुको घरभित्रै महँगी, संघर्षरत सामाजिक सुरक्षा प्रणालीजस्ता धेरै समस्या छन्। त्यहीकारण अन्यत्रको ठूलो समस्यासँग जुध्न उनीहरु साँच्चै तयार नहुनु अनौठो होइन। पूर्वमा युद्ध छ, दक्षिणमा आप्रवासीको समस्या छ, उत्तरमा हिउँ पग्लिरहेको छ र पश्चिमतर्फ (अमेरिकामा) फेरि डोनाल्ड ट्रम्पले उम्मेदवारी दिने चर्चा छ।

दुई पाटोमा युरोप विभाजित भएकाले बेला यी धेरै सवालहरु ईयुले क्रिसमसअघि सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

यस साता हुने युरोपली काउन्सिलको सम्मेलनमा इयु नेताहरुले युक्रेनसँग सदस्यताका विषयमा छलफल गर्ने , उसलाई निरन्तर सैन्य र आर्थिक सहयोग दिने(अहिले अमेरिकी सहयोग जोखिममा रहेकाले) र यसलाई संभव बनाउनका लागि ईयुको बजेट बढाउने विषयमा महत्वपूर्ण निर्णय गर्नुपर्छ।

आगामी साता ईयुका आर्थिक मन्त्रीहरुले नयाँ आर्थिक नियम फ्रान्को–जर्मन कम्प्रमाइज डिलमा सहमति गर्ने अपेक्षा गरिएको छ।

अर्बनले यी सबै विषयमा भिटो प्रयोग गर्ने चेतावनी दिएका छन्। त्यहाँ इजरायल–हमास युद्धबारे पनि छलफल हुने अपेक्षा छ, हाम्रो समाजमा अन्तर साम्प्रदायिक सम्बन्धमा प्रत्यक्ष खतरा पैदा गरेको भएपनि यस युद्धबारे युरोपमा विभाजित मत छ र यसले ईयुलाई निस्प्रभावी पनि बनाएको छ। सुरक्षा र रक्षा नीतिबारे पनि केन्द्रित हुन जरुरी छ।

आगामी साता ईयुका आर्थिक मन्त्रीहरुले नयाँ आर्थिक नियम फ्रान्को–जर्मन कम्प्रमाइज डिलमा सहमति गर्ने अपेक्षा गरिएको छ। यो निकै अस्पष्ट छ, चिसो टावेललाई टाउको वरपर बेरेर (ठण्डा दिमागले) सोच्दा पनि यसबारे बुझ्न कठिन छ। यसका बाबजुद युरोपको भविष्यको आर्थिक वृद्धि तथा युरोपेली युवाहरुको जीवनमा परिवर्तन ल्याउने रोजगारीका प्रस्ताव यी मन्त्रीहरुकै प्रयासमा निर्भर छ।

स्पेनको अध्यक्षतामा रहेको इयुले आप्रवासन नीतिबारे नयाँ प्याकेजमा सहमति पनि खोज्दैछ। आप्रवासन नीतिले युरोपका धेरै देशको राजनीतिलाई तरंगित बनाइरहेको छ। इटलीले अल्बानियामा शरणार्थी क्याम्प बनाउनेगरी त्यहाँको सरकारसँग सम्झौता गरेको छ। जर्मनीको गठबन्धन सरकारले नयाँ कडा आप्रवासन नीति लागु गर्दैछ। फ्रान्समा इम्मानुयल माक्रोनको सरकारले ल्याएको नयाँ आप्रवासन विधेयक भर्खरै असफल भयो। त्यहाँको दक्षिणपन्थी पार्टीले यस विधेयकमा आप्रवासीलाई पर्याप्त कडाई नगरिएको भन्दै यसलाई असफल बनाएको थियो।

कानुन पालना गरेर प्रजातान्त्रिक रुपमा काम गरिरहेका २७ वटा देशहरुको समुह कोही एकको वर्चश्व नस्विकारी एकजुट हुन र काम फत्ते गर्न सक्छन् ? यो एउटा ठूलो प्रश्न हो। यो विविध प्रतिभाहरु भएको ठूलो टिमजस्तो हो, जसले कोही एकल कप्तान बिना जित्ने कोसिस गरिरहेको छ। यो कठिन छ, तर यदी सबैले योगदान गरेर एउटै नियमले खेले भने उनीहरुले केही हासिल गर्नसक्छन्।

अर्बनजस्ता खराब नेताहरुले खेल्न नसक्नेगरी ईयुको सुधार गर्नुपर्ने प्रश्न ईयुलाई सम्भावित रुपमा बिस्तार गरेर ३५ सदस्य राष्ट्र बनाउनुपर्ने सन्दर्भसँगै जोडिएर आएको छ। तर, यो विषय पनि अन्योलमा छ। युरोपमा पार्टी राजनीति विभाजित छ। जसको अर्थ ईयुले २७ वटा राष्ट्रमात्रै होइन, थप कठिन रुपमा धेरै गठगबन्धन सरकार र त्यसका हिस्सेदार पार्टीहरुको स्वार्थसँग पनि कुस्ती खेल्नुपर्छ।

र स्पष्ट हुँदा हुनुस्ः यस्तो प्रकृति र स्केलको कसैको वर्चश्वविहीन संघ युरोपेली इतिहासमा सम्झौताबाट कहिल्यै बनेको थिएन। र, अहिलेको विश्वमा यस्तो कुनै संघ पनि छैन।

दुई मध्ये कुन युरोप विजयी हुन्छ? यो प्रश्न मैले यस वर्ष सबैतिर सोधिरहेको छु। पक्कै पनि इतिहासकारहरुलाई भविष्य थाहा हुन्छ। तर, यसको जवाफ अपेक्षित इतिहासको प्रक्रियामा नभएर हामीभित्रै छ। यो हामीमै निर्भर छ।

–गार्जियनबाट

प्रकाशित: २०८० मङ्सिर २८ गते बिहिबार ०४:५५
Sanket

टिमोथी गार्टन एस

गार्टन एस ‘होमल्यान्ड : अ पर्सनल हिस्ट्री अफ युरोप’का लेखक हुन्। उक्त पुस्तक २० भन्दा धेरै युरोपेली भाषामा प्रकाशित छ।
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना