काठमाडौँ- परराष्ट्र मन्त्रालयले पहिलो पटक महिला सचिव पाएको छ। मन्त्रालयमा सहसचिवका रूपमा कार्यरत सेवा लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णयसँगै परराष्ट्रले पहिलो पटक महिला सचिव पाएको हो।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।
शुक्रबार लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले उनलाई सचिवमा बढुवा गर्न सिफारिस गरेको थियो।
सन् १९९८ मा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेकी सेवा लम्साल जागिरे जीवनको २५ वर्ष पुग्नै लाग्दा परराष्ट्र सचिवको कुर्सीमा पुगेकी हुन्।
मंसिर १९ गते सचिव भरतराज पौड्यालको समयावधि समाप्त भएसँगै उनले निमित्त सचिवको जिम्मेवारीमा थिइन्।
लम्साल सन् २०१६ देखि २०२० सम्म पाकिस्तानका लागि नेपाली राजदूत थिइन्।


