तेल अभिभ- इजरायली सेनाको आक्रमणमा परी हमासले गाजामा बन्धक बनाएका तीन जना बन्धकको मृत्यु भएको छ। घटनाका सम्बन्धमा जानकारी दिँदै इजरायली सेनाले गल्तीवश मृत्यु भएको स्वीकार गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ।
इजरायली सेनाले उक्त घटनालाई लिएर तेल अभिभमा भएको प्रदर्शनप्रति पनि खेद व्यक्त गरेको छ। इजरायली सेनाका अनुसार योतम हैम, एलन शम्रिज र समर अल–तलालकालाई गाजा शहरको सीमा क्षेत्रमा अपरेशनको क्रममा गोली हानिएको थियो।
हमासले अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका अनुमानित २४० व्यक्तिमध्ये यी तीन जना पनि थिए।
‘शेजैयामा भएको लडाइँको क्रममा इजरायली रक्षा बल (आईडीएफ) ले गल्तीले तीन जना इजरायली बन्धकलाई खतराको रूपमा पहिचान गरेको थियो र फलस्वरूप उनीहरूमाथि गोली चलायो र बन्धकहरू मारिए,’ इजरायली रक्षा बलका प्रवक्ता डेनियल हागारीले भने, ‘आईडीएफ यस दुखद् घटनाको बारेमा गहिरो दुःख व्यक्त गर्दछ र परिवारको दुःखमा समवेदना प्रकट गर्दछ।’
“This is not a regular army. This is a rogue terrorist army. And that tragic event happened due to the nature of this conflict.”
Israeli forces killing hostages held by Hamas in Gaza was a “tragic mistake”, says IDF spokesperson @LtColRichard Hecht.@RosieWright99 | @CalumAM pic.twitter.com/SbPzdcFiJP
— Times Radio (@TimesRadio) December 16, 2023
उनीहरूको शव इजरायलमा सारिएको थियो। अनुसन्धानबाट उनीहरू २८ वर्षीय र हेम, २५ वर्षीय एल–तालल्का र २६ वर्षीय शाम्रिज भएको पुष्टि भएको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले उनीहरूको मृत्युलाई ‘सहन कठिन दुखद्’ घटना भनेका छन्।
‘सम्पूर्ण इजरायल आफ्नो क्षतिप्रति दुःखी छन्,’ उनले भने। ह्वाइट हाउसले पनि यो घटनालाई ‘दुःखद गल्ती’ भनेको छ। घटनाको खबर फैलिएपछि तेल अभिभस्थित इजरायलको रक्षा मन्त्रालयमा सयौं मानिस भेला भएका थिए र नेतन्याहुको सरकारलाई हमास शासित क्षेत्रमा रहेका १२९ जना बन्धकको रिहाइका लागि आग्रह गरेका थिए।
प्रदर्शनकारीहरूले इजरायलको झण्डा र प्लाकार्ड बोकेका देखिन्थ्यो। एउटा प्लाकार्डमामा लेखिएको थियो, ‘हरेक दिन एक जना बन्धकको मृत्यु हुन्छ।’ ‘मलाई डर लागिरहेको छ,’ हमासले बन्धक बनाएक एक महिला इटे स्विस्कीकी बहिनी मेराभ स्विस्कीले भने, ‘हामी अहिले नै बन्धकका लागि सम्झौता गर्नका लागि माग गर्छौं।’
गत नोभेम्बरमा इजरायली जेलमा रहेका केही प्यालेस्टाइनीहरूको बदलामा १०० भन्दा बढी बन्धकहरूलाई हमासलद्वारा मुक्त गरिएको थियो। त्यसपछि त्यो सम्झौता अन्त्य भएको छ र लडाइँ फेरि सुरु भएको छ।


