काठमाडौँ- पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान एआईबाट कार्यक्रमलाई सम्बोधन गर्ने पहिलो नेता भएका छन्।
जेलमा रहेका खानले आफ्नो पार्टीको कार्यक्रममा सम्बोधन गर्न पुग्ने लेख लेखेर दिएका थिए।
उनको लेखलाई एआईले उनकै आवाजमा भाषण गरेर सार्वजनिक गरेको थियो। त्यो भाषण उनको राजनीतिक सभामा प्रयोग भएको हो।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार आइतबार राती उनको एआई भाषण सार्वजनिक हो। खानको सम्बोधन ५० लाख जनतामाझ पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।


