२०८३ साउन १३ गते बुधबार

नातीकाजीलाई स्रष्टाले यसरी सम्झिए

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ३
natikaji

काठमाडौँ- वरिष्ठ सङ्गीतकर्मी तथा सङ्गीतमहर्षि नातीकाजीको ९९औँ जन्मजयन्तीको अवसर पारेर नातीकाजी स्मृति समाजले पशुपतिनाथमा उनले रचेका तथा सङ्गीत दिएका भजन प्रस्तुत गरेको छ।

पशुपतिनाथमा दैनिक रुपमा सञ्चालन हुँदै आएको सन्ध्याकालीन आरती हुनुपूर्व सन्ध्यामा समाजले नातीकाजीका दर्जनौँ भजन प्रस्तुत गरिएको थियो।

नातीकाजीको जन्मजयन्तीको अवसर पारेर यो वर्षदेखि प्रत्येक वर्ष नातीकाजी स्मृति समाजले पशुपतिनाथमा भजन प्रस्तुत गर्ने कार्यक्रम घोषणा गरेको समाजका अध्यक्ष तथा वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटाले जानकारी दिए।

‘वरिष्ठ सङ्गीतकर्मी तथा सङ्गीतमहर्शी नातीकाजीको जन्मजयन्तीका अवसरमा हामीले बिहान ‘नातीकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार–२०८०’ घोषणा गर्ने छौँ र साँझको समयमा पशुपतिनाथमा उहाँद्वारा रचिएका भजन प्रस्तुत गर्ने छौँ,’ उनले भने।

कार्यक्रममा सुदेश शर्मा, बानिका प्रधान, निशा देशार, शशीविक्रिम थापा, सञ्जय तुम्रोक तथा माण्डवी त्रिपाठीलगायत कलाकारले नातीकाजीका भजन प्रस्तुत गरेका थिए।

यसैबीच समाजद्वारा आज आयोजित एक समारोहमा ‘नातीकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार–२०८०’ समेत घोषणा गरिएको छ। समाजले आयोजना गरेको कार्यक्रममा विभिन्न स्रष्टा, सङ्गीतकर्मी तथा सञ्चारकर्मीलाई यो सम्मान तथा पुरस्कार अर्पण गरिने समाजका अध्यक्ष तथा वरिष्ठ सङ्गीतकार बास्कोटाले बताए। उनले नेपाली गीत–सङ्गीतका शिखर व्यक्तित्व नातीकाजीका योगदानलाई नेपाली पुस्ताले सम्झिरहने विश्वास व्यक्त गरे।

विसं १९८२ पुस ३ गते पुल्चोक ललितपुरमा जन्मिएका नातीकाजीले नेपाली राष्ट्रिय गीत, लोकगीत, आधुनिक, भजन, गीतिनाटक, नाटक, चलचित्र गीतमा स्वर तथा सङ्गीत दिएका छन्। उनको निधन विसं २०६० का कात्तिक १६ गते भएको थियो।

मंगलबार घोषणा गरिएको उक्त नातीकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार–२०८०’ पुरस्कार राष्ट्रपतिको हातबाट प्रदान गरिने यो सम्मान नेपाली मौलिक सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई प्रदान गरिने नातीकाजी स्मृति समाजले जनाएको छ।

यो वर्ष ‘नातीकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान’ बाट गीत रचनातर्फ आनन्द अधिकारी, वाद्यवादनतर्फ केशव सुनाम, गीत रचनातर्फ भूषण खरेल र गीत रचनातर्फ सुनिल थापालाई सम्मान गर्ने जनाएको छ। त्यस्तै परम्परागत सङ्गीतर्फ धर्म मुनिकार, गायनतर्फ सुदेश शर्मा, वाद्यवादनतर्फ कुमार सिंह, वाद्यवादनतर्फ सुवर्ण लिम्बू, गीत रचनातर्फ राम भट्टराई तथा गीत रचनातर्फ वसन्त वित्यासी थापालाई प्रदान गरिने छ।

यस्तै ‘नातीकाजी राष्ट्रिय सङ्गीत पुरस्कार’ बाट पुरस्कृत हुनेमा गीतकार विजय शिवाकोटी, गायक शिशिर योगी, गायिका बानिका प्रधान तथा सङ्गीतकार राजनराज शिवाकोटी रहेका छन्। ‘नातीकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट गायक सञ्जय तुम्रोक, गायिका रचना रिमाल, सङ्गीतकार शशीविक्रम थापा तथा गीत रेकर्डिष्ट प्रकाश मिश्रलाई प्रदान गरिनेछ।

‘नातीकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार’ लोक गायक अमृत खातीलाई प्रदान गरिने तथा ‘नातीकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’बाट पत्रकारद्वय कृष्ण भट्टराई तथा शान्तिप्रिय पुरस्कृत गरिने जनाइएको छ।

प्रकाशित: २०८० पुस ३ गते मङ्गलबार १०:०४
प्रतिक्रिया

थप समाचार

क्लब नोभामा गुञ्जिँदै सविन राई र नवीन के भट्टराई, क्यान्सरसँग जुधिरहेकी रेखालाई सहयोग गरिने

काठमाडौँ: नेपाली सांगीतिक क्षेत्रका दुई चर्चित ब्यान्ड सविन राई एन्ड द फाराेह र नविन के. भट्टराई एन्ड अतृप्त एकै मञ्चमा प्रस्तुत हुने भएका छन्। आगामी साउन २३ गते (८ अगस्ट) शनिबार नेपालकै सबैभन्दा...

‘गौंथली’ को आक्रामक व्यापार, १० दिनमै ७ करोड ४२ लाख ग्रस कलेक्सन

काठमाडौँ: साउनको सुरुवातसँगै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौंथली’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यापारलाई निरन्तरता दिएको छ। प्रदर्शनको १० औँ दिनसम्म आइपुग्दा ‘गौंथली’ ले करोडौंको व्यापार...

यस्तै हो भने देश प्रगतितर्फ होइन, ठप्प अवस्थातर्फ जानसक्छ: राजेश हमाल

काठमाडौँ: महानायक राजेश हमालले सरकारको आलोचना गरेका छन्। उनले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, 'देशको शासन प्रणाली नै ‘हिट एन्ड मिस’ अर्थात् अन्दाज र परीक्षणको भरमा सञ्चालन गर्नु कत्तिको...

‘महादेव! धनको बिटो पठाइदेऊ, खाली भयो जेब’

काठमाडौँ: हरितालिका तीजको अवसर पारेर नयाँ तीज गीत 'महादेव! खाली भयो जेब' सार्वजनिक भएको छ। गायिका एलिना चौहानको स्वर रहेको गीतको शब्द तथा संगीत कस्तुप पन्तको रहेको छ। यस्तै स‌ंगीत संयोजन भने...

हलमा प्रदर्शनरत कुन फिल्मले कति कमाए?

काठमाडौँ: यस वर्ष को पहिलो त्रैमासमा चलचित्र ‘लालीबजार’ ले सबैभन्दा बढि रु नौ करोड ३२ लाख नौ हजार ९२५ र सबैभन्दा कम ‘जाँड’ ले रु एक लाख २६ हजार आम्दानी गरेको छ। चलचित्र विकास बोर्डले प्रत्येक...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना