काठमाडौं- शाहरुख खान र राजकुमारी हिरानीको पहिलो सहकार्य गरेको फिल्म ‘डंकी’ भाेली (बिहिबार) रिलिज हुँदैछ। अवैधरुपमा हुने आप्रवासनको कथामा तयार भएको फिल्ममा तापसी पन्नु, विक्की कौशल, बोमन ईरानी लगायतको अभिनय रहेको फिल्म २ घण्टा ४१ मिनेट लामो छ।
यो फिल्म पहिलो दिन करिब ४ हजार स्क्रिनमा रिलिज गर्ने तयारी छ। २२ डिसेम्बरमा भने प्रभावको फिल्म ‘सलार’ रिलिज हुँदैछ। जसका कारण ‘डंकी’को स्क्रिन कम हुनेछ। यद्यपी फिल्मलाई कस्तो प्रतिक्रिया मिल्छ भन्नेले पनि धेरै कुरा निर्धारण गर्नेछ।
‘डंकी’को एडभान्स बुकिङ शनिवार साँझ सुरु भएको थियो। बुधबार दिउँसोसम्म भारतका नेश्नल चेनबाट ‘डंकी’को करिब १ लाख ६५ हजार टिकट बिकेका छन्। बलिउड समचार साइट पिंक भिल्लाले अग्रिम बुकिङको रुझान हेर्दा ‘डंकी’ले ३० करोड रुपैयाँ बराबरको ओपनिङ लिने देखिएको जनाएको छ।


