काठमाडौं- प्रभास स्टारर फिल्म ‘सलार: पार्ट १ सिजफायर’ले रिलिज भएको तीन दिनमा ४०२ करोड भारतीय रुपया कमाएको छ। शुक्रबार रिलिज भएको फिल्मले दुई दिनमा विश्वभरबाट ४०२ करोडको ग्रस कलेक्सन गरेको हो।
फिल्मले पहिलो दिन १७८ करोडको कलेक्सन गरेको थियो। शनिवार ११७ करोड कलेक्सन गरेको फिल्मले आइतबार १०७ करोड कमाएको हो। प्रशान्त नीलले निर्देशन गरेको फिल्ममा प्रभाससँगै पृथ्वीराज सुकुमारन र श्रुती हसनको भूमिका छ।
यो फिल्म तेलुगु, हिन्दी, तामिल, मलयालम, कन्नड भाषामा रिलिज भएको छ। यो फिल्मले बक्स अफिसमा शाहरुख खानको फिल्म ‘डंकी’सँग प्रतिस्पर्धा गरिरहेको छ।
𝑩𝑶𝑿 𝑶𝑭𝑭𝑰𝑪𝑬 𝑲𝑨 𝑺𝑨𝑳𝑨𝑨𝑹 🔥#BlockbusterSalaar hits 𝟒𝟎𝟐 𝐂𝐑𝐎𝐑𝐄𝐒 𝐆𝐁𝐎𝐂 (worldwide) 𝐢𝐧 𝟑 𝐃𝐚𝐲𝐬!#RecordBreakingSalaar #SalaarRulingBoxOffice#Salaar #SalaarCeaseFire #Prabhas #PrashanthNeel @PrithviOfficial @shrutihaasan @VKiragandur @hombalefilms… pic.twitter.com/C8rFGeSs86
— Salaar (@SalaarTheSaga) December 25, 2023


