काठमाडौँ- बलिउडमा कुनै बेला एकछत्र राज गरेका शाहरुख खानको फिल्म ‘डंकी’लाई प्रभास स्टारर फिल्म ‘सलार’को कमाइ बढी भएको छ।
फिल्म ‘सलार’को एक हप्ताको कलेक्सन ५ सय २१ करोड नाघेको छ भने डंकीले ३ सय करोड कलेक्सन गरेको छ। ‘डंकी’ फिल्म ‘सलार’भन्दा एक दिन अघि रिलिज भएको थियो ।
रिलिजको सातौँ दिन विहीबारसम्ममा फिल्मले विश्वभरबाट ५ सय २१ करोड ८५ लाख भारतीय रुपैयाँको व्यापार गरेको हो। फिल्मले भारतीय बक्स अफिसमा ३ सय ८ करोड ९० लाखको व्यापार गरेको छ। फिल्मले ६ सय करोड क्लबमा प्रवेश पाउने देखिएको छ।
फिल्मले रिलिज भएको दिनमा ९० करोड ७० लाख, दोस्रो दिन ५६ करोड ३५ लाख, तेस्रो दिन ६२ करोड ५ लाख व्यापार गरेको थियो। त्यस्तै, चौथो दिनमा ४६ करोड ३० लाख र पाँचौ दिनमा २४ करोड ९० लाख कलेक्सन गरेको हो। छैटौँ दिनमा कम्तीमा १७ करोड र सातौँ दिनमा १३ करोड ९० लाखको व्यापार गरेको जनाइएको छ।
