काठमाडौं- जावेद अख्तरले डिसेम्बर २९ मा भएको एक स्टेज शो मा ‘मैं कोई ऐसा गीत गाउं’ मार्फत २ हजार भन्दा धेरै दर्शकलाई मनोरञ्जन गराए। सारेगामाले आयोजना गरेको कार्यक्रममा प्रसिद्ध गीतकार अख्तरले आफूले जीवनकालमा लेखेका धेरै सुपर हिट गीत पछाडीका चाखलाग्दा किस्सा सुनाए। त्यसपछि मोयङ चाङ र जान्हवी श्रीमानकरले ती गीत गाएका थिए।
शोको अन्तिममा शाहरुख खान स्टारर फिल्म ‘डंकी’को गीत ‘निकले थे हम घर से’ पनि प्रस्तुत गरियो। त्यो भन्दा पहिले जावेदले पर्दा पछाडीका किस्सा सुनाएका थिए। उनले भनेका थिए, ‘मलाई अक्सर सोधिन्छ-जाने वो कैसे लोग जिनके प्यारको प्यार मिला (प्यासाः १९५७) जस्ता गीत अहिले किन आउँदैनन्? म भन्छु-जिन्दा जला दुंगा टाइपका फिल्ममा यस्ता गीत आउन सक्दैनन्।’
उनले थपे, ‘म सामान्यता फिल्म केवल एउटा ट्रयाक लेख्दिनँ। राजु हिरानी साहेबले मलाई केवल एउटा गीत लेख्न भन्नुभयो। मैले अस्विकार गरेँ। उहाँले फेरी यो गीत तपाईँ बाहेक अरुले लेख्न सक्दैनन् भन्न्भउो। मैले उहाँसँग अनुचित शर्त राखेँ। ताकी उहाँ हतोत्साहित बन्नुहोस्।’
तर हिरानी आफ्नो शर्त मान्न तयार भएको जावेदले बताए। जावेदले हिरानीसँग के शर्त राखेका थिए त? कोमल नाहटाले आफ्नो पत्रिका फिल्म इन्फरमेसनमा लेखेको आर्टिकल अनुसार जावेदले गीतकारकारुपमा आफ्नो नाम अन्य गीतकारको नामको लहरमा नभइ फिल्मको क्रेडिट लाइनमा अलग्गै राख्नुपर्ने शर्त राखेका थिए। जावेदको नाम ठिक त्यही समयमा राख्नुपर्ने थियो, जब राजकुमार हिरानीको नाम पनि सँगै देखिन्थ्यो। उनको दोस्रो शर्त थियो- पारिश्रमिक। जावेदले यो गीत लेखे वापत २५ लाख भारतीय रुपैयाँ मागेका थिए।
कोमल नाटहाले लेखेका छन्, ‘एउटा गीतका लागि २५ लाख आजसम्म कुनै पनि गीतकारले लिएका छैनन्। यो एउटा रेकर्ड हो।’


