२०८३ कार्तिक १२ गते बुधबार

औपचारिक शिक्षा नलिएका आमा स्तनपान गराउनेमा अगाडि

 |  रासस
Sanket

रासस

काठमाडौँ, पुस १५
brest_feeding

काठमाडौँ- नेपालमा औपचारिक शिक्षा लिएका आमाको तुलनामा नलिएका आमाहरुले बढी पूर्ण स्तनपान गराउने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य विभागको पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले साक्षरभन्दा कम साक्षर आमाले आफ्ना बालबालिकालाई पूर्ण स्तनपान गराएको पाइएको जानकारी दिए।

उनका अनुसार कुनै पनि औपचारिक शिक्षा नभएका ५९ प्रतिशत आमाहरूले पूर्ण स्तनपान गराउँदा आधारभूत शिक्षा लिएका ६१ प्रतिशत र माध्यामिक शिक्षा लिएका ५३ प्रतिशत आमाले स्तनपान गराउने गरेका छन्। उनले पढेलेखेका आमाहरुले पूर्ण स्तनपान गराउँदा स्तनको आकार बिग्रन्छ भनेर नगराउने गरेको बताए।  उनले पूर्ण स्तनपान नगराउनेमा धेरैजसो जागिर गर्ने आमा रहेको बताए।

उनका अनुसार नेपालमा ५६ प्रतिशत आमाहरुले पूर्णस्तनपान गराउने गरेका छन्। कोशी प्रदेशमा ५३ प्रतिशत, मधेस प्रदेशमा ६५ प्रतिशत, बागमति प्रदेशमा ४३ प्रतिशत, गण्डकी प्रदेशमा ६४ प्रतिशत, लुम्बिनी प्रदेशमा ३६ प्रतिशत, कर्णाली प्रदेशमा ७४ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ७४ प्रतिशत आमाहरुले बच्चालाई पूर्णस्तनपान गराउने गरेका छन्।

यस्तै २२ प्रतिशत आमाहरुले दूधदानीबाट बच्चालाई दूध खुवाउने गरेका छन्। यस्तै आर्थिक रूपमा उच्च आयका आमाको तुलनामा न्यून आयभएका आमाहरुले धेरै मात्रामा पूर्णस्तनपान गराउने गरेको पाइएको छ। शाखा प्रमुख थापाका अनुसार न्यून आय भएका ६४ प्रतिशत आमाले पूर्ण स्तनपान गराउने गरेका छन्। यस्तै उच्च आय भएका आमामध्ये ४४ प्रतिशतले मात्र र मध्यम आय भएका ६१ प्रतिशत आमाले पूर्ण स्तनपान गराउने गरेका छन्।

नेपालमा कुनै न कुनै समयमा स्तनपान गराउने ९९ प्रतिशत आमा छन्। यस्तै जन्मेका एक घण्टाभित्र स्तनपान गराउने ५५ प्रतिशत र जन्मेको दुई दिनसम्म पूर्ण स्तनपान गराउने आमा ५९ प्रतिशत छ। तथ्याङ्कअनुसार दुई वर्षसम्म स्तनपान गराउने आमाको सङ्ख्या ९४ प्रतिशत छ । विश्वमा दुई जना नवजात शिशुमध्ये एक जना नवजात शिशुलाई जन्मेको एक घण्टाभित्र स्तनपान गराइन्छ।

प्रकाशित: २०८० पुस १५ गते आईतबार ०४:१८
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

‘दशैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्’

धेरै क्यालोरी भएका खानेकुरा, अत्यधिक मासु, भात, गुलियो पदार्थ तथा चिसो पेय पदार्थको सेवन गर्दा शरीरमा आवश्यकताभन्दा बढी ऊर्जा सञ्चित हुन्छ। यसले तौल बढ्ने, रक्तचाप बढ्ने, मधुमेह हुने र शरीरमा...

गेटामा एमबीबीएस अध्ययनका लागि ५० र नर्सिङमा २० सिट निर्धारण

काठमाडौँ: कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...

एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स जनकपुरमा हुने, ‘ब्रेन गेन’तर्फ अघि बढ्ने तयारी

काठमाडौं । हाल प्रवासमा स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा नेपाली मूलका विज्ञ जनशक्तिको ज्ञान, सीप, अनुभव र सञ्जाललाई मुलुकको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यले ‘छैटौँ एनआरएन ग्लोबल...

१ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद

वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १ अर्ब रुपैयाँभन्दा बढीको उपकरण बिग्रिएर थन्केका छन्। ती उपकरण मर्मत सम्भारमा बेवास्ता गर्ने अस्पताल प्रशासनले बर्सेनि करोडौँ रुपैयाँका नयाँ उपकरण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना