काठमाडौँ- जनमत पार्टीका अध्यक्षसमेत रहेका सांसद सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको माइतीघर मण्डलबाट अध्यक्ष राउतसँगै धोती दिवस मनाउन पुगेका उनका कार्यकर्ताहरूलाई प्रहरीले धरपकड गरेको हो। उनीहरूलाई नेपाल पुलिस क्लबमा राखिएको छ।
अध्यक्ष राउतसहित उनीहरू धोती दिवस मनाउन माइतीघर मण्डलमा पुगेका थिए। अध्यक्ष राउत लगायतले निषेधित क्षेत्रमा कार्यक्रम गरेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जनमत पार्टीका सचिव बीपी साहले अध्यक्षसहित संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको बताए।
प्रहरीले भने नियन्त्रणमा लिइएका जनमत पार्टीका नेता, कार्यकर्ताहरूलाई लिन मन्त्री अनिता देवी प्रहरीकोमा आएको जिकिर गरेको छ।
अंग्रेजी नयाँवर्षको पहिलो दिन जनवरी १ का दिन विभिन्न समूहले ढाका टाेपी दिवस मनाइँदै आएका छ्न्।
सोही दिन जनमतले पनि धोती दिवस मानाउन सुरु गरेको हो।















