काठमाडौं- शानदार फिल्म निर्माणका लागि चिनिने निर्देशक राजकुमार हिरानीको हालै रिलिज भएको फिल्म ‘डंकी’ले ठिकठाक व्यापार गरिरहेको छ। यही बेला हिरानीले बहुप्रतिक्षित ‘मुन्ना भाइ’ फ्रेन्चाइजीको तेस्रो भागको अपडेट दिएर फ्यानलाई एक्साइटेड बनाएका छन्।
उनले यो ब्लकबस्टर फ्रेन्चाइजी प्रतिको मौनता तोडेका छन्। र भविष्यमा यो फिल्म निर्माणका बारेमा अपडेट दिएका छन्। सञ्जय दत्त र अरशद वारसी स्टारर यो फ्रेन्चाइजीबारे भनेका छन्, ‘मुन्ना भाइ फ्रेन्चाइजीका दुवै फिल्म राम्रा बने। मसँग आजका मितिमा ५ वटा अधुरा स्क्रिप्ट छन्। त जबसम्म म ती दुवै फिल्मको कथा र यी अधुरा कथाबीचको संयोजन हुँदैन, तबसम्म म मुन्ना भाइ ३ बनाउदिनँ। यद्यपी मलाई यो फ्रेन्चाइजीको अर्को एक फिल्मबनाउन मन छ। तर यसमा कहिलेबाट काम सुरु हुन्छ भन्न सक्दिनँ।
उनले एउटा कथा ‘मुन्ना भाइ’ फ्रेन्चाइजीसँग मिल्दोजुल्दो रहेको बताएका छन्। हिरानीले २००३ मा पहिलो पटक कमेडी फिल्म ‘मुन्ना भाइ एमबीबीएस’ निर्देशन गरेका थिए। यो फिल्मलाई दर्शकले खुब मन पराएका थिए। हिरानीले यसको सिक्वेल ‘लगे रहो मुन्ना भाइ’ पनि बनाएका थिए। यो फिल्म पनि सफल बनेको थियो।


