काठमाडौं- २०२३ को ब्लकबस्टर फिल्म बनेको ‘एनिमल’ले बक्स अफिसमा धेरै रेकर्ड बनायो। फिल्म क्रिटिक्सबाट मिलेको सकारात्मक रिभ्यूका साथै दर्शकको माया पनि ‘एनिमल’ले जित्यो। फिल्मले भारतमा ५४२ करोड ९३ लाखको कमाई गर्यो।
दर्शकले फिल्मको सेकेन्ड पार्टको डिमान्ड गरिरहेका छन्। निर्माण पक्षले फिल्मको सिक्वेल ‘एनिमल’ पार्को घोषणा गरिसकेका छन्। रणवीर कपूरका अलवा फिल्ममा सबैभन्दा धेरै मन पराईएका कलाकार हुन्-बबी दओल। निर्माण पक्षले ‘एनिमल पार्क’मा उनलाई धेरै स्क्रिन टाइम दिने प्लानिङ गरेको छ।
निर्माण पक्षले फिल्ममा एक्सनसँगै इमोशन ड्रामा पनि देखाउने तयारी गरेको छ। ‘एनिमल’मा बबी देओलको पात्र मर्छ। तर यसको सिक्वेलमा मरेको पात्रलाई फेरी जिउँदो बनाउने तयारी निर्माण पक्षको छ। ‘रणवीरका साथै बबी फिल्ममा सबैभन्दा रुचाइएका कलाकार सावित भएका छन्। उनको पात्र एनिमलमा मर्छ। तर निर्माताले एनिमल पार्कमा त्यो पात्रलाई पुनर्जिवित गर्ने योजना बनाएका छन्,’ बलिउड हंगामाले लेखेको छ, ‘बबी सिक्वेलका लागि तयार छन्।’
सन्दीप रेड्डी भांगाले निर्देशन गरेको ‘एनिमल’मा रणवीर, बबीका साथै अनिल कपूर, रश्मिका मन्दाना र तृप्ति डिमरीको मुख्य भूमिका थियो।


