काठमाडौं- जापान एयरलाइनको विमानमा भीषण आगलागी भएको छ। टकियोको हनेडा विमानस्थलमा उक्त विमानमा आगो लागेको हो। स्थानीय समय अनुसार मंगलबार साँझ रनवेमै विमानमा आगो लागेको थियो। विमानमा रहेका ३७९ यात्रु र क्रु मेम्बर भने सकुशल रहेको छन्।
दुई विमानबीचको ठक्करका कारण विमानमा आगो लागेको हुन सक्ने बीबीसी जापानिज मिडियाको हवला दिदै जनाएको छ। जापानका सञ्चार माध्यमहरुले सार्वजनिक गरेका भिडियोमा रनवेमा रहेको विमानमा ठोक्किँदै अर्को विमान अघि बढेको देखिन्छ। समचार एजेन्स रोयटर्सका अनुसार सम्भवतः रनवे रहेको कोस्ट गार्डको विमानसँग ठक्करका कारण यो दर्घटना भएको हो।
रोयटर्सले कोस्ट गार्डको हवला दिँदै भनेको छ-यो दुर्घटनाको छानविन भइरहेको छ। जापान एयरलाइन्सका प्रवक्ताका अनुसार होकाइडोको शिनचितोसे एयरपोर्टबाट आएको थियो।


