काठमाडौँ- रूस–युक्रेन युद्धमा थप तीन नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरीको मृत्यु भएको हो।
अर्याल वालिङ नगरपालिका वडा नम्बर १४ का हुन्। उनी कात्तिक ३ गते मात्रै रूस गएका उनी पूर्वसैनिक रहेको बताइएको छ।
उनीहरूका सम्बन्धमा थप विवरण प्राप्त हुने क्रम जारी रहेको मन्त्रालयले बताएको छ।


