काठमाडौं- रणवीर कपूर स्टारर फिल्म ‘एनिमल’ सर्वाधिक कमाउने बलिउड फिल्मको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ। शाहरुख खान स्टारर फिल्म ‘पठान’लाई उछिन्दै ‘एनिमल’ दोस्रो सर्वाधिक कमाउने फिल्म बनेको हो। ‘एनिमल’ले भारतमा ५४६ करोड २७ लाख भारु कमाएको छ। जबकी शाहरुखको ‘पठानले’ ५४३ करोड ०९ लाख भारु कमाएको थियो।
सर्वाधिक कमाइ गर्ने पहिलो हिन्दी फिल्मको रेकर्ड भने शाहरूखकै नाममा छ। उनको फिल्म ‘जवान’ ले ६४० करोड २५ लाख भारू कमाएको थियो। ‘एनिमल’ ले विश्वभरबाट ८९० करोड भारू कमाएको छ।
सन्दिप रेड्डी वांगाले निर्देशन गरेको फिल्ममा रणवीरसँगै रश्मिका मन्दना, बबी देओल, अनिल कपूर, तृप्ति डिमरीलगायतको अभिनय छ।
