काठमाडौं- दिपावलीको अवसरमा रिलिज भएको सुपरस्टार सलमान खानको फिल्म ‘टाइगर ३’ बक्स अफिसमा हिट रह्यो। सलमानले आफ्ना फ्यानलाई लामो समय नपर्खाइकन धर्मा प्रोडक्सनको व्यानरमा आफ्नो आगामी फिल्म आउने घोषणा गरे। यो फिल्मको नाम ‘द बुल’ हो। फिल्मको २९ डिसेम्बरमा मुम्बईमा शुभमुहुर्त समेत भइसकेको।
अहिले सलमान फिल्मको तयारीमा छन्। उनले व्यापक शारिरिक तयारी गरिरहेका छन्। उनले अर्धसैनिक बलका अधिकारीहरुसँग प्रशिक्षण समेत लिइरहेका छन्। ‘सलमानले ब्रिगेडियर फारुख बुल्साराको भूमिका निभाउनेछन्। बुल्साराले १९८८ मा मालदिभ्समा अपरेसन क्याक्टसको नेतृत्व गरेका थिए। यो फिल्मको सुटिङ फेब्रुअरीमा सुरु हुनेछ,’ बलिउड हंगामाले लेखेको छ, ‘सलमान अहिले कठोर शारिरिक प्रशिक्षणबाट गुज्रिरहेका छन्।’
समचार अनुसार सलमानले आफूलाई पात्रमा ढाल्नका लागि दैनिक साढे ३ घण्टा ट्रनिङ गरिरहेका छन्। उनले आफ्नो खानामा समेत बदलाव गरेका छन्। नेश्नल अवार्ड विजेता विष्णुवर्धनको निर्देशनमा बन्ने यो फिल्म अपरेशन क्याक्टसमा आधारित हुनेछ। यो अप्रेसन भारतीय शशस्त्र बलले सन् १९८८ को नोभेम्वर ३ मा व्यवसायी अब्दुल्ला लुथुफी र पिपुल्स लेभरेशन अर्गनाइजेसन अफ तमिल इलम (प्लाट)को नेतृत्वमा मालदिभ्सको सत्ता माथि कब्जा जमाउने प्रयासलाई विफल पारेको थियो। भारतीय सेनाले यो अप्रेसनमा कुशलतापूर्वक भाडाका सेनालाई पराजित गर्दै केही घण्टा भित्र मालदिभ्सका राष्ट्रपति मौमून अब्दुल गयूमको सरकारलाई बहाल गरेको थियो।
