टोकियो- जापानको इशिकावा प्रान्तमा सोमवार बिहान गएको ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ।
इशिकावामा बुधवार दिउँसोसम्म मृत्यु हुनेको संख्या ६४ पुगेको हो।
इशिकावा, निगाटा, फुकुई, टोयामा र गिफु प्रान्तमा धेरै घाइते भएको बताइएको छ।
जापानको मौसम विज्ञान एजेन्सीले हप्तामा विशेष गरी आगामी दुईदेखि तीन दिनमा शक्तिशाली परकम्पहरू आउन सक्ने चेतावनी दिएको छ।
सोमवारदेखि जापानमा कम्तिमा १ सय ५५ पराकम्प गएको एजेन्सीले जनाएको छ।


